जहाँ छ वाम तालमेल

पाँचदलीय सत्तागठबन्धनमा रहेका वाम घटक र एमालेबीच केन्द्रीय तहमा तिक्ततापूर्ण आरोप–प्रत्यारोप छ । तर, कैयौँ स्थानीय तहमा भने उनीहरूबीच नै तालमेल छ । चुनावमा आफू अनुकूल नतिजा निकाल्न दलहरू विरोधाभास तालमेलमा उत्रिएका छन् भने कैयौँ ठाउँ वाम तालमेल पनि देखिएको छ ।
नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रका विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरेका छन् ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा पनि एमाले र माओवादीबीच तालमेल छ ।
गुल्मीको कालिगण्डकीमा माओवादी केन्द्रले सूर्य चिह्नमा लड्ने गरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई मत दिने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ ।
कालिकोटको महावै गाउँपालिकामा माओवादी केन्द्रले एमालेलाई उपाध्यक्ष दिएर तालमेल गरेको छ ।
हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।
अछामको मल्लेख गाउँपालिकामा पनि एमालेसँग एमालेबाटै फुटेर बनेर सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेको छ । साँफेबगर नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया