चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
![चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी](http://nepalwatch.com/wp-content/uploads/2022/05/binod-regmi-1.jpg)
काठमाडौं । पाँचदलीय गठबन्धनलाई पराजित गर्दै चितवनको कालिका नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद रेग्मी निर्वाचित भएका छन् ।
रेग्मीले गठबन्धनका उम्मेदवार कांग्रेसका शिवराम केसीलाई पराजित गरेका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी केसीले १० हजार ५६१ मत पाएका थिए ।
त्यस्तै उपमेयरमा एमालेकै विमला लामा निर्वाचित भएका छन् । लामाले १० हजार ४४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ९ हजार ६८८ पाएका छन् । वडातर्फ मिश्रित परिणाम आएकाो छ । कांग्रेसले ५, एमाले ४ र माओवादी २ वडा जितेको छ ।
ताजा अपडेट
-
‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’
-
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्ध
-
साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने
-
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
-
पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा
प्रतिक्रिया