क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ ।
चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो ।
सरकारले हालै प्रदीप अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको थियो । अवकाश पाएका क्षेत्रली आफ्नो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नियुक्ति भएकाले उक्त नियुक्ती बदर गरी काममा फर्काउन माग गर्दै अदालत गएका थिए ।
न्यायाधीश रेग्मीको इजलासले १५ दिनभित्र सरकारलाई जवाफ पेश गर्न आदेश दिएको छ ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया