चलचित्र विकास बोर्डको अध्यक्षमा केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेकाृविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । उनको नियुक्ति बदर गर्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर भएको हो ।
विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटमाथि सोमबार पेसी तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।
केही समयअघि मन्त्रिपरिषद्को निर्णयबाट रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गरिएको थियो ।
केसीविरुद्ध एक अभिनेत्रीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । सो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको हो ।
बुवा भुवन चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि छोरा अनमोलले लेखे भावुक स्टाटस
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया