युक्रेनस्थित युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा आगलागी

काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रलाई रुसले निशाना बनाएको छ । रुसले आक्रमण गरेसँगै त्यहाँ आगलागी भइरहेको छ ।
बिहीवार राष्ट्र संघीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न गरेको आग्रहको केही समयपछि रुसले त्यसलाई निशाना बनाएको हो ।
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेवाले जापोरिज्या परमाणु केन्द्रलाई निशाना बनाएर रुसी सेनाले चौतर्फी हमला गरिरहेको बताएका छन् ।
कुलेवाले रुसले तुरन्तै आगलागी रोक्नुपर्ने जनाउँदै अग्नि नियन्त्रकलाई अनुमति दिन र सुरक्षा क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् ।
मेयर दिमित्री ओर्लोभले परमाणु केन्द्रमा भइरहेको आगलागी विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन् ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया