लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको सहभागिता
विराटनगर । मोरङका राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीले समाजमा लैङ्गिक समानता कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको राजनीतिक सहभागिताबारे अन्तक्रियामा दलका नेता र जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ का सदस्य विराज घिमिरेले घरदेखि दलसम्म महिलालाई नेतृत्वमा अवसर दिनसके मात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकाले आफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाले सफलरुपमा नेतृत्व निर्वाह गर्न सक्ने उदाहरण रहेको हुँदा उनीहरुलाई घर र दल दुवैमा अवसर दिन आफूहरु तयार रहेका छौँ भने । जनता समाजवादी पार्टी मोरङका नेता राधे कामतले महिलालाई नेतृत्व दिन सबै राजनीतिक दलले प्रतिबद्धता मात्र होइन कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले लैङ्गिक समानता ल्याउन महिलाले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषले पनि अग्रसर भएर उनीहरुका हक अधिकारका लागि लड्नुपर्ने बताए । सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंले पनि राजनीतिक दलले सोचमा परिवर्तन नगर्दा महिलाको अवसर कुण्ठित भइरहेको विचार राखे । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाले नेतृत्वमा अर्थपूर्ण सहभागिता पाएमात्र समाजमा लैङ्गिक समानता आउछ भने ।
बेलबारी नगरपालिका प्रमुख डिपी राई, रङ्गेली नगरपालिका उपप्रमुख झुमा पराजुली, केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र दलित महिला केन्द्रकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियार लगायतले राजनीतिक नेतृत्व सबल नभएसम्म समाजमा लैङ्गिक समानता आउन नसक्ने भएकाले जनप्रतिनिधि, दलका नेता र महिलाका लागि निरन्तर क्षमता अभिवृद्धि र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया