पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

दमौली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ ।
व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो । परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताए । उनका अनुसार महोत्सवको आवश्यक तयारी सुरु भइसकेको छ । ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो ।
विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो । ‘तनहुँ जिल्लामा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्’, परिषद्का निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले भने, ‘जनजाति बाहुल्य क्षेत्र भएकोले सांस्कृतिक प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक प्रदर्शन गरिनेछ ।’
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिकस्थलको प्रवर्द्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया