NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

ट्रम्पको निर्वाचन अभियान समूहको विज्ञप्ति, निर्वाचनमा धाँधली भयो तर ट्रम्प पुनर्निर्वाचित हुनेछन्

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले एउटा विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ। जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ, अभियानका वकिल म्याट मोर्गनले भने। मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू गलत तरिकाले ल्याइएको र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई अर्थपूर्ण पहुँच नदिइएको दाबी गरेका छन्। मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे। ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन्। मतदानमा व्यापाक अनियमितता भएको प्रमाण छैन र ट्रम्प समूहले पनि कुनै प्रमाण दिएको छैन।स्रोत ः विबिसी