प्रदेश प्रमुख र मुख्यमन्त्री राख्न काठमाडौंमा धमाधम ठडिंदै संरचना (फोटोभिडियो)

१३ असोज ०७६ मा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवनको निर्माण कार्य चलिरहेको छ । ललितपुरको सैंबु भैंसेपाटीस्थित सो भवनको निर्माण कार्य २ वर्षभित्र सक्ने लक्ष्य रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लकमा एक राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष निवासका साथै प्रतिनिधिसभाका उपसभामुखको भवन रहने छ । २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी निर्माण कार्य भइरहेको छ । १७ मंसिर ०७५ को मन्त्रिपरिषद् बैठकले ‘ललितपुर महानगरपालिका सैबु भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना जग्गामा राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूका लागि २७ वटा आवास भवन बनाउने निर्णय गरेको थियो । साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवाससम्पर्क कार्यालयका लागि १४ वटा भवनहरू निर्माण गरी ललितपुरको पुल्चोकस्थित हालको मन्त्री निवास स्थानान्तरण गर्ने’ निर्णय गरेको थियो । भिडियाे https://www.youtube.com/watch?v=MgYFJFIYnLM १२ असोज ०७६ मा मन्त्रिपरिषद्को निर्णयमार्फत भवन निर्माणका लागि स्वीकृति दिइएको थियो ।सोहीबमोजिम अहिले निर्माणको काम धमाधम अघि बढिरहेको छ । सम्पूर्ण संरचना निर्माणका लागि एक अर्ब २० करोड ४१ लाख लाग्ने अनुमान छ । यसरी निर्माण भइरहेको छ प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको आवास भवन (फाेटाे) भिडियो : अनिल लिम्बुसम्पादन : शालिक भट्ट
प्रतिक्रिया