काठमाडौंमा बिहानै दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौं। कलंकीमा बिहीबार बिहान भएको सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । ट्रकले मिनीट्रकलाई ठक्कर दिएपछि ३ जनाको मृत्यु भएको हो । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको कुखुरा बाेकेकाे बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर थियो । सो ठक्करबाट तीनको मृत्यु भयो भने १ जना घाइते भए । मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ र तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे छन् । एक जनाको नाम खुलेको छैन । दुर्घटनामा तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले जानकारी दिए । दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो । तर, तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरे ।
प्रतिक्रिया