पूर्व क्लबविरुद्ध सन्दीपको गज्जव सुरुवात

काठमाडौं । बिग ब्यास लिग खेलिरहेका सन्दीप लामिछानेले पूर्व क्लब मेलबर्न स्टारविरुद्ध सुरुवाती दुई ओभरमा प्रभावशाली प्रदर्शन गरेका छन् । छैटौं ओभर लिएर आएका सन्दीपले आफ्नो पहिलो ओभरमा ३ रनमात्र दिएका हुन् । आठौं ओभरमा जम्मा दुई रन दिंदा सन्दीपले ग्लेन म्याक्सवेललाई ६ रनमा आउट गरे । हुरिकेनले टस जितेर मेलबर्नविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया