विभत्स तरिकाको पशु हत्या असभ्य समाजमा मात्र संभव छ : प्रमदा शाह, अध्यक्ष, एनिमल नेपाल

देशमा डेढ दशकदेखि एउटा अभियान चलिरहेको छ । अभियन्ताहरू यसलाई पशु कल्याण अभियान भन्छन् । अभियानको मुख्य उद्देश्य हो, हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने । त्यसमध्येकी एक अभियन्ता हुन्, प्रमदा शाह । उनी तीन दशकदेखि निरन्तर पशु कल्याणको अभियानको नेतृत्व गरिरहेकी छिन् । धर्मका नाममा पशुपन्छीलाई बलि दिने कुरीतिको विरोधी शाहका लागि विभत्स तरिकाले पशुको हत्या असभ्य समाजमा मात्र संभव छ भन्ने लाग्छ । यसै विषयमा केन्द्रित रहेर पशु कल्याण अभियानका अभियन्ता तथा ‘एनिमल नेपाल’की अध्यक्ष शाहसँग नेपालवाचले गरेको कुराकानी : नेपालको पशु कल्याणको आन्दोलन कहाँ पुगेको छ ? कानुनहरू कतिको अनुकुल बन्दैछन् ? पहिले र अहिलेमा कतिको फरक देखिन्छ ? १०/१२ वर्ष अघि पशु कल्याणको कुरा गर्दा व्यंग्यको विषय बन्थ्यो । पशु कल्याण भन्ने विषय पनि हुन्छ र ? जस्ता प्रश्न गरिन्थे । आजको दिनसम्म आइपुग्दा यो विषयलाई मान्छेहरूले बुझ्न थालेका छन् । यसलाई मैले उपलब्धीकै रुपमा लिएको छु । साधारण नागरिकले मात्र होइन, सरकारी निकायले पनि पशु कल्याणको विषयलाई महत्व दिन थालेका छन् । सरकारी कर्मचारीहरूमा पशु कल्याणका लागि कार्यक्रम बनाएर जानुपर्छ भन्ने महसुस हुन थालेको छ । अहिले उहाँहरू पशु कल्याणका बारेमा वहसका लागि ‘ओपन’ हुन थाल्नुभएको छ । बलिविरुद्धको हाम्रो आह्वान सुन्न मान्छेहरूलाई २०/२५ वर्ष लाग्ला । तर, एक दिन यो प्रथा पक्कै रोकिन्छ । सरकारी निकायहरूले पशु कल्याणको सिद्धान्तलाई आत्मसाथ गर्न थालेपछि त्यसलाई लागू गर्न नियमावली र कानुन बन्ने प्रकृयामा छन् । कहिले बन्छ र भएको कानुनहरू कहिले लागू हुन्छन् भन्नेमा चाहिँ प्रश्न चिह्न छ । मानिसहरू नेपालमा मानवअधिकार छैन, कहाँ पशु कल्याणको कुरा गर्नु भन्ने जस्ता कुरा गर्छन् नि ! हामी मानव जाती मात्रै नभएर संसारमा अरु प्राणीहरू पनि अस्तित्वमा छन् । जन्मिएपछि जसरी पनि बाँच्ने भन्ने जस्तो हाम्रो अभिलाशा छ, अन्य प्राणीहरूको पनि त्यस्तो अभिलासा स्वभाविक हुन्छ । हामी विभिन्न पशुपन्छीलाई आफ्नो हितमा उपभोग गर्छाै । आफ्नो अधिकार खोजिरहँदा उनीहरूको बाँच्न पाउने हक ख्याल गर्नुपर्छ । तर, पछिल्ला वर्षहरूमा मानिसहरूमा पशुप्रति हेर्ने दृष्टिकोणमा सुधार हुँदैछ । पशु अधिकारलाई पनि संरक्षण गर्नुपर्छ भन्ने कुरा मानिसहरूले बुझ्न थालेका छन् । यो खालको बुझाई सबैमा नपुगेको हुन सक्छ, तर शहरमा बस्ने मानिसहरूमा यो सचेतना बढेको छ । धेरै कुखुरालाई सानो खोरमा क्रुरतापूर्वक कोचेर पालिन्छ । त्यस्तो कुखुराको मासु र अण्डा खान पनि लाभदायक हुँदैन । कुखुरा पालन नै गर्ने हो भने पनि ‘केज फ्रि’ मा जाने हो कि ? काठमाडौंको कुरा गर्दा पाँच÷सात वटा पशु अधिकारवादी संस्थाहरू छन् । जसले पशु अधिकारमा सचेतना फैलाउने काम गरिहेका छन् । पशु कल्याण अभियानका लागि यो सुखद् पक्ष हो । पशु कल्याणको क्षेत्रमा देखिएका सुधार बुँदागत रुपमा भन्न सक्ने अवस्था छ ? छ । पहिले मान्छेहरू कुकुरलाई देख्नेबित्तिकै ढुंगाले हान्थे । अहिले धेरै ठाउँमा सडकको भोको कुकुरलाई खानेकुरा ख्वाइरहेको देख्न सकिन्छ । कसैले उसको घरमा पशुपन्छीलाई दुःख दिएर राखेको छ, थुनेको छ वा यातनापूर्ण व्यवहार गरेको छ भने हामीलाई फोन गरेर उद्धार गरिदिन भन्नुहुन्छ । यही हो समाजमा आएको सचेतना । अर्काेतर्फ सरकारी तवरमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ छ । यो कानुनमा पशु कल्याणको पक्ष धेरै समेटिएको थिएन । अहिले सरकारी कर्मचारीहरूले नै कानुनमा सुधार जरुरी छ भन्न थाल्नुभएको छ । हामी ऐन संशोधन गर्न नयाँ मस्यौदा बनाउन सफल भएका छौँ । ऐनमा सुधार गर्न कर्मचारीहरू नै लाग्नुभएको छ । पशु ढुवानी मापदण्ड, बधशाला र माशुजन्य ऐनलाई कसरी लागू गर्ने भन्ने बारे उहाँहरू हामीसँग छलफल गर्न आउनुहुन्छ । धेरै कुखुरालाई सानो खोरमा क्रुरतापूर्वक कोचेर पालिन्छ । त्यस्तो कुखुराको मासु र अण्डा खान पनि लाभदायक हुँदैन भन्ने कुरा उहाँहरूले अलि–अलि बुझ्नुभएको छ । अब कुखुरा पालन नै गर्ने हो भने पनि ‘केज फ्रि’ मा जाने हो कि ? यो बहसको विषय बन्न थालेको छ । कुखुरालाई उल्टो झुन्ड्याएर ढुवानी गर्ने, मासु पसल बाहिर दिनभरी घामपानीमा केही खान नदिइ खसीलाई मर्न कुराउने, यो तरिका होइन । मासुको लागि कुखुरा, बंगुर, खसी, बोका पाल्छौँ भने पनि त्यसलाई ‘केज फ्रि’ बनाएर जानसक्दा धेरै पशुहरूको कल्याण हुन्थ्यो । यसरी हेर्दा पशु कल्याणको अभियानमा पहिले भन्दा अहिले धेरै सकारात्मक परिवर्तन आएको छ । पशु कल्याणको लागि हामीलाई अहिले समस्या कानुन कार्यान्वयनमा हो ? अहिलेसम्म पशु कल्याण ऐन बनेको छैन । कानुन बनाउने प्रकृया सुरु भएको तीन÷चार वर्ष भइसक्यो अझै सकिएको छैन । त्यो ऐनको मस्यौदालाई अन्तिम रुप दिँदा पशु कल्याणको अभियानमा सक्रिय भएर जनावरहरूको पीडा बुझ्ने सरोकारवाला संघ संस्थाहरूलाई राखेर छलफल गर्नुहुन्छ भन्ने आशा छ । त्यसको लागि उहाँहरूसँग कुरा पनि गरिराखेका छौं । किनकी हामीले बुझेको जति जनावरको पीडा कानुन लेख्ने मान्छेले नबुझ्न सक्छ । यो सबै विषय समेटेर कानुन आओस भन्ने हाम्रो अपेक्षा हो । तर, छिटो आओस । काम धेरै गर्नु छ । पीडा धेरै छ जनावरलाई । पशु कल्याण अभियानमा कतै न कतै धर्म बाधकको रुपमा जोडिन आउँछ, विभत्स तरिकाले पशुको बलि चढाइन्छ, तर त्यहाँ धर्मको नाम दिइएको छ, त्यसलाई रोक्न कति सहज छ ? म सन् २००९ देखि यो प्रथा विरुद्ध लागेको छु । म कट्टर हिन्दु धार्मिक परिवारको सदस्य हुँ । तर, मैले जुन दिन को सही अर्थ बुझेँ, त्यो कुप्रथालाई चुनौति गरिरहेको छु । धार्मिक रुपमा हेर्ने हो भने झनै गलत कुरा हो । हाम्रो धर्म अहिंसामा आधारित छ । ‘अहिंसा परमो धर्म’ भन्ने नै हिन्दु धर्मको मुल आधार हो । आफूमा भएको अवगुणहरू त्याग गर्नुलाई बलि भनिन्छ न कि एउटा अबोध प्राणीलाई देवीको मन्दिरमा लगेर रगतको खोला बगाउनु । हिन्दु धर्मले भन्छ, बाट कुनै पनि हालतमा धर्म हुँदैन । तर, हामी यस्तो अन्धविश्वासमा अडिग छौं कि त्यसलाई चिर्न समय लाग्छ । कुनै पनि सभ्य राष्ट्रमा बाटोमा खसीबोका काट्दैनन् । बच्चाहरुले देख्दा यसको कस्तो असर पर्ला ? बलिविरुद्धको हाम्रो आह्वान सुन्न मान्छेहरूलाई २०/२५ वर्ष लाग्ला । तर, एक दिन यो प्रथा पक्कै रोकिन्छ । बलिलाई धार्मिक रुपमा जोडेर हेर्नेहरूलाई मेरो आग्रह के हो भने, हिन्दु धर्मलाई बुझ्ने प्रयास गर्नुपर्यो । त्यसको मर्म के हो बुझ्नुपर्यो । हिन्दु धर्म यति पुरानो छ कि व्याख्या गर्दागर्दा त्यसमा धेरै विकृती मिसिन आइपुगेको छ । त्यो विकृति सुधारिएको हिन्दु धर्म हामीले सोच्यौं भने बलि भन्ने चिज कहीँ पनि अटाउँदैन । बाराको गढिमाइको , खोकनामा बाख्रालाई पोखरीमा फालेर लुछेर मारिन्छ, दशै तथा पर्वको नाममा दिइन्छ । यो समुदायले गलत हो भनेर स्वीकार्ने अवस्था कहिले आउँछ ? समय लाग्छ । तर, अहिलेका युवाहरूले पनि पुरानो परम्परालाई निरन्तरता दिनुपर्छ, दिनुपर्छ, जिउँदो बाख्रालाई लुछेर मार्नुपर्छ भनेर वकालत गरेको देख्दा चाहिं मलाई दुःख लाग्छ । हाम्रो नयाँ पुस्ताले खासमा धर्म के हो भन्ने बुझ्न आवश्यक छ । नयाँ पुस्ताले हाम्रो धार्मिक पुरानो परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा मेरो पनि सहमति हो । तर, गलत अभ्यास, कुरीति बन्द हुनुपर्छ । जस्तैः हिजोको सती प्रथा बन्द भयो । हामीले सती प्रथा जस्तो विकृति सुधार्न चाहने, तर बोल्न सक्दैन भन्दैमा पशुपन्छीको सवालमा जे पनि गर्न चाहिं मिल्दैन । हामी मान्छहरूलाई आह्वान गर्दैछौं । हामी यहाँ डलरको खेती गर्न बसेका होइनौँ । म पशु कल्याणको लागि यो ठाउँमा बसेको छु । तैले क्रिष्चियनको पैसा लिएर यो आवाज उठाइरहेको छस् भन्छन् भने म तिनीहरूलाई चुनौति गर्न सक्छु । यो मेरो मनबाट आएको कुरा हो । हिजोको सती प्रथा बन्द भयो । हामीले सती प्रथा जस्तो विकृति सुधार्न चाहने, तर बोल्न सक्दैन भन्दैमा पशुपन्छीको सवालमा जे पनि गर्न चाहिं मिल्दैन । म आठ वर्षको हुँदा मेरो घरमा दिन मेरो घरमा एउटा जनावर ल्याएको थियो । त्यो जनावरलाई मार्न हुन्न भन्ने त्यो बेलादेखि मेरो दिमागमा बस्यो । जति पनि हामी पशु कल्याणको अभियानमा लागेका छौँ । जनावरको मायाले लागेका हौँ । धर्मभित्र घुसेको नामको कुरीति हटाउन पर्छ भन्नेहरू छौँ ।त्यसैले यो प्रथा कुरीति हो भन्ने विषयमा हामीले मात्र नभएर धर्मका विज्ञ, धर्म गुरुहरूले नै भन्नुहुन्छ । हाम्रो कुरा नसुन्नुस, केही छैन । तर धर्मगुरुहरूले भनेको कुरा त सुन्नुस । धर्मले कहिले पनि हिंसालाई प्रोत्साहन गर्दैन । यो बुझ्ने र मनन् गर्ने कुरा हो । यसमा युवा पुस्ता जागरुक हुनैपर्छ । तपाई एउटा सभ्य समाजको मान्छे हुनुहुन्छ भने तपाईंले त्यस्तो विभत्स तरिकाले पशुको हत्या गर्न हुँदैन भन्ने बुझ्नुपर्छ । धर्मको नाममा होस् या खानको लागि होस् । आखिरमा त्यो खाने मानिसले नै हो । देवीले त्यो खाँदैनन् । देवीको मन्दिरलाई किन रगतको होली बगाउने ? खोकनामा एउटा सानो पाठीलाई पोखरीभित्र फ्याँकेर लक्का जवानहरूले च्यातचुत पारेर जात्रा गरेर मार्छन् भने हामी कति सभ्य छौ ? यो असभ्यताको पराकाष्टा हो कि होइन् ? जनावरलाई त्यस्तो पिडा दिएर मार्ने हामी को हौ ? यो मेरो प्रश्न हो । मैले सुनेको छु, सर्पलाई जिउँदै जलाइन्छ रे, पश्चिम डोटीतिर राँगालाई भिरमा लगेर पिटेर लखेटी–लखेटी क्रुर तरिकाले देवीको नाममा मार्छन् । यो कहाँको धर्म हो ? धर्मका नाममा हुने पशुमाथिको यो क्रुरता अन्त्य हुनुपर्छ । यो क्रुरता भरिएको रगत भगवानले कसैसँग पनि माग्दैनन् । म पनि ठकुरी परिवारको महिला हुँ । हाम्रो घरमा बलि चढाइथ्यो । त्यो प्रथा हामीले रोक्यौं । खै हामी मरेका छैनौं ! अहिले शासन प्रणलीमा परिवर्तन आएको छ । केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचित जनप्रतिनिधि छन्, धर्मको नाम जोडिएका यस्ता विकृत प्रथा रोक्न उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ, उनीहरू बलि प्रथा रोक्न कत्तिको सकारात्मक छन् ? प्रथा खराब हो भन्ने उहाँहरूलाई थाहा नभएको होइन । तर, उहाँहरूलाई भोट चाहिन्छ । गढिमाइको मेलामा ठुला–ठुला मन्त्रीहरू जान्छन्, त्यसमध्ये केहीले त लुकेर पनि बलि दिनुहुन्छ ।बलिको चलन नगरे पनि हुन्छ भन्ने कुरा उहाँहरूले सार्वजनिक रुपमा बोल्नुपर्यो नि ! तर यहाँ भोटको राजनीति छ । बलिको बारेमा बोल्दा विरोध भएर भोट नआउला भन्ने डरले उहाँहरू धेरै बोल्नहुन्न । स्थानीय तहदेखिको जनप्रतिनिधिहरूको भूमिका कतिको प्रभावकारी छ ? हामीसँग कुरा गर्दा सकारात्मक हुनुहुन्छ । हामी रोक्छौँ भन्नुभएको हुन्छ । पाठा–पाठीलाई बलिको नाममा मार्न दिँदैनौँ भनेर गढिमाइमा पनि त उहाँहरूले भन्नुभएको हो नि ! तर, पाठा–पाठी, भर्खर जन्मेको भैंसीका पाडा त्यहाँ लगेर बलिको नाममा मारियो । तपाईंहरूले फोटोमा हेर्नुभयो होला । उहाँहरू बोल्नुहुन्छ, तर गर्ने आँट गर्नुहुन्न । अब अर्काे गढिमाइ मेलामा उहाँहरूले आँट गर्नुपर्छ । उहाँहरू हामीसँग सहयोगी हुनुहुन्छ । हामीले भनेको कुरा बुभ्mनुहुन्छ । तर, आफ्नो स्थानीय स्तरमा बुझाउन सक्नुहुन्न । हामीलाई त्यसमा साथ दिनुहुन्न । उहाँहरूले बुझाउन पनि सक्नुपर्छ । यो कुरीति हो । नेपालको बेइज्जत हो । संसारभरिको मिडिया त्यहाँ आएर खिचेर नेपालको जंगलीपन देखाएको छ । अहिले मिडिया जहाँ पनि छ । गढीमाइको विभत्स रुपलाई मिडियाले यसरी प्रचार गर्यो कि हामीलाई नै लाज लाग्यो । प्रथा विरुद्ध लड्न, समाजमा पशु कल्याणको अभियानलाई थप बलियो बनाउन हामीलाई धार्मिक तथा राजनीतिक रुपमा जटिल छ, यो जटिलतालाई चिर्न हामीलाई कति समय लाग्ला ? म त अहिले नै रोकियोस् भन्ने चाहन्छु । तर यो प्रथा रोक्न अझ १०/१५ वर्ष लाग्न सक्छ । अब धर्म गुरुहरूले हिन्दु धर्मको मर्म बुझाउनुपर्छ । छाउपडी, छुवाछुत जस्ता जति पनि कुरीति र कुसंस्कारहरू छन्, त्यसको बारेमा धर्मगुरुहरूले नै बुझाउनुपर्छ । हामीले त बुझिराछौं, तर मानिसले तँ धर्मको विज्ञ हो ? भन्ने जस्ता प्रश्न गर्छन् । बलिको बारेमा अध्ययन गरेर हाम्रो धर्मले मा विश्वास गर्दैन भन्नेकुरा मैले बुझेँ । यही कुरा धर्म गुरुहरूले पनि बुझाउनुपर्छ । हामीले मात्रै गरेर नहुने हुँदा अबको हाम्रो प्रयास धर्मगुरुहरू अगाडि आएर बुझाउनुपर्छ भन्ने हो । पशु कल्याणको लागि एनिमल नेपालको योजना के छन् ? एनिमल नेपाल हरेक जनावरको लागि हो । हामीले हरेक जनावरमा काम गर्न सक्छौं भन्ने छैन । युनिट बनाएर काम गर्छाैं । अहिले सडकमा भएको कुकुरहरूमा काम गरिरहेका छौं । त्यसलाई खान दिने, बन्ध्याकरण गर्ने लगायतका काम गर्छौं । अण्डा उत्पादनका लागि कुखुरामाथि निर्ममता लादेका छौं । खोरबाट मुक्त गरेर तुलनात्मक रुपमा सहज विधिमार्फत् पनि अण्डा उत्पादन गर्न सकिन्छ । हामी त्यही गर्न भनिरहेका छौं । मासुको उद्योगमा राँगा, भैंसी, पाडा, सुङगुर, बङगुर लगायतको कल्याणका लागि पनि आवाज उठाउँदै छौं । इट्टा भट्टामा गदा, घोडा, खच्चडलाई निर्मम तरिकाले भारी बोकाएर जुन पीडा दिने काम भएको छ, त्यसलाई निर्मुल गर्नको लागि पनि हामी सक्रिय छौं । पहाडमा भारी बोक्न प्रयोग हुने खच्चडहरूको कसरी कल्याण गर्ने ? कसरी अलिकति भएपनि उनीहरूले बोक्ने भारीको भार कम गर्ने भन्ने विषयमा हामी काम गरिराखेका छौं । पशु कल्याण ऐन नेपालमा आउनैपर्छ । भएका मापदण्डलाई पुनरावलोकन गरी लागू गर्न सरकारलाई भनिरहेका छौं । सरकारले हामीलाई पनि काम दियोस् । छलफल गरोस् हामी पनि तयार छौं । ऐनिमल नेपालको मूख्य चासो भनेको जनावरको पीडा कसरी कम गर्ने ? उनीहरूलाई कसरी सेवा पुर्याउने ? भन्ने विषयका साथै अलिकति भएपनि मानिसलाई उनीहरूको पीडा/दुःख बुझ्न सक्ने बनाउनु हो । हामीले पशुहरूलाई उद्दार गरेर राख्ने ठाउँ पनि बनाएका छौं । जुन देशमा गाई/बाच्छाको उपभोग गरिँदैन त्यहाँ त्यस्ता उत्पादन अनुपयोगी हो । गाई पालन गर्ने, दुध बनाउने गर्दा त्यहाँको बुढी गाईको व्यवस्थापन, बाछाको व्यवस्थापन गर्नको लागि गौशाला चाहिन्छ । त्यसको व्यवस्थापन सरकारका साथै डेरी उद्योगले पनि गर्नुपर्छ । यसका लागि जनतासँग कर उठाउन सकिन्छ । जुन काम गर्दा पनि उत्पादन मात्रै हेरेर भएन । यो त एउटा जीवित आत्मा हो । भैंसी पालन, बाख्रा पालन भन्ने, तर त्यसको गुणस्तरमा मतलब नराख्ने, खाली उत्पादनमा मात्रै जोड दिने गर्नु हुँदैन । उत्पादन सँगसँगै कल्याण पनि हुनुपर्छ । यो जीवित आत्मा हो । मानिसले यति त बुझ्नुपर्छ ।कुखुरालाई उल्टो झुन्ड्याएर ढुवानी गर्ने, मासु पसल बाहिर दिनभरी घामपानीमा केही खान नदिइ खसीलाई मर्न कुराउने, यो तरिका होइन । कुनै पनि सभ्य राष्ट्रमा बाटोमा खसीबोका काट्दैनन् । बच्चाहरुले देख्दा यसको कस्तो असर पर्ला ? बाटोमा रगत देख्ने चाहना कसलाई हुन्छ ? अर्काे मूख्य कुरा खाने मान्छेले सोच्नुपर्छ कि तपाईंले खाएको मासु स्वस्थ्य छ कि छैन ? खसी, कुखुरा, बोका, राँगालाई के–के औषधि ख्वाइएकोे छ ? त्यो औषधिको असर तपाईंको शरिरमा कस्तो पर्छ ? मासु खान कम गरेर सुरुवात गर्नुहोस् । हाम्रो बजारमा भएको मासुजन्य पदार्थ असाध्यै विषाक्त छ ।त्यो कुरा बुझेर मनन् गर्ने हामी उपभोक्ताको पनि दायित्व हो । आफूले अनि आफ्नो छोराछोरीलाई खान दिने कुरामा अलिकति ध्यान पुर्याउनु पर्छ । जे खानु हुन्छ त्यसको बारेमा खानु अगाडि सोच्नुस् । खाली मासुको स्वादमा, अण्डाको स्वादमा मात्र नअलमलिनुहोस् । लोकल खानुहोस् । थोरै खानुहोस् । दैनिक मासु खाएर कोही स्वस्थ हुँदैन । क्यान्सर पनि मासुकै कारणले बढेको भन्ने छ । हप्ताको एक दिन सोमबार शिबजीको दिन हो । एक दिन त मासु नखानुस् । खानै परेपनि स्वस्थकर भए/नभएको, कहाँबाट आएको बुझेर खानुहोस् । https://www.youtube.com/watch?v=9gnTnrSt3bY&feature=youtu.be
प्रतिक्रिया