भारतमा दुई कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति

काठमाडौं । भारतले दुई विभिन्न कम्पनीले निर्माण गरेको कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्रा जेनेकाले मिलेर बनाएको भ्याक्सिन र भारतकै ‘भारत वायोटेक’ले बनाएको भ्याक्सिनलाई अनुमति दिइएको हो । आइतबारको पत्रकार सम्मेलनमा भारतका औषधी नियन्त्रण विभागका डा. भेनुगोपाल जि. सोमनीले दुवै भ्याकिसनको प्रयोगमा अनुमति दिइएको बताएका हुन् । ‘दुवै भ्याक्सिन आपतकालिन अवस्थामा प्रयोगको लागि अनुमति दिइएको हो’, सोमनीले भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भ्याक्सिनको अनुमति बारेमा ट्विट गरेका छन् । उनले यो कदमले कोभिड मुक्त स्वस्थ्य देश बन्नेमा अपेक्षा रहेको बताएका छन् ।
प्रतिक्रिया