विष्फोटक पदार्थसहित विप्लवका दुई कार्यकर्ता पक्राउ

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ‘विप्लव’का दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुको साथमा बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्री फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीका अनुसार अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारवाही हुनेछ ।
प्रतिक्रिया