NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बन्दुकको गोली सहित एक जना पक्राउ परेका छन् । विमानस्थलबाट ९ एमएमको पेस्तोलमा लाग्ने ५० थान गोली सहित झापा मेचिनगर–२ का बद्रीहाङ राइ पक्राउ परेका हुन् । श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका राईलाई चेकजाँचका क्रममा पक्राउ गरिएको एयरपोर्टको सुरक्षा प्रहरीले बताएको छ । प्रहरीका अनुसार अनुसन्धान भईरहेकाले थप जानकारी आउन बाँकी छ ।