माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दाको परिणाम भोग्दै छन् प्रचण्डः शंकर पोखरेल
चितवन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दाको परिणाम भोगिरहेको बताएका छन् । चितवनमा आयोजिक नेकपाको ओली समूहको भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले अपनाउन खोजेको नीति सधैं सफल नहुने बताएका छन् । उनले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो । तर, एउटै चिजको प्रयोग सधैं सफल हुँदैन् ।’ पोखरेलले प्रचण्डकै कारण नेकपा विभाजनको स्थितिमा पुगेको तर्क राखेका थिए । उनले प्रचण्डले आफैंले चालेको कदमको परिणाम भागिरहेको र ओलीले संविधानको अधिकार प्रयोग गरेर प्रचण्ड र माधव नेपाललाई सडकमा पुर्याएको तर्क राखेका थिए । उनले भने, ‘तपाईंले जे हर्कत गर्नुभयो, त्यो अहिले भोग्दै हुनुहुन्छ । ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन् । यसपटक कमरेड प्रचण्ड फस्नुभयो।’
प्रतिक्रिया