बैंकिङ् क्षेत्रबाट ऋणको प्रवाह बढ्यो, दैनिक औसत ३ अर्ब लगानी

काठमाडौं । कोरोना महामारीका कारण सिथिल बनेको अर्थतन्त्र विस्तारै चलायमान हुँदै गइरहेको छ । जसको फलस्वरुप बैंकमा थुप्रिएको रकम बजारमा जान थालेको छ । पछिल्लो केही समय यता दैनिक औसत ३ अर्ब रुपैयाँ भन्दा बढीको ऋण प्रवाह हुन थालेको नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्मा बताउँछन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा बैंकहरूको दैनिक कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा बढी देखिएको उनको भनाइ छ । पुस १७ गतेसम्ममा बैंकहरूले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमा ३० खर्ब ५५ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब ७ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा कर्जा लगानी भएको बैंकर्स संघको तथ्यांक छ । केही दिन यता कर्जाको वृद्धिदर गत वर्षको यसै अवधिको तुलनामा भन्दा पनि धेरै छ । ऋणको प्रवाह बढे पनि अझै केही महिना बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) को अभाव नहुने शाह बताउछन् । एक महिनामा बैंकहरूले ७८ अर्ब रुपैयाँ भन्दा माथिको ऋण लगानी गरिसकेका छन् । हाल ऋण लगानी बढाउन बैंकहरूले ऋणको ब्याजदर घटाउने तथा ग्राहकलाई विभिन्न सेवाहरु दिदै आइरहका छन् ।
प्रतिक्रिया