NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

अनेरास्ववियूद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको घोषणा

काठमाडौं । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कदम विरुद्ध आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले एक विज्ञप्ती जारी गर्दै पहिलो चरणको आन्दोलनपछि दोस्रो चरणको आन्दोलनको घोषणा भएको जानकारी दिएका हुन् । विज्ञप्तीका अनुसार पुस २१ गतेदेखि पुस २९ गते सम्म विभिन्न किसिमका विरोध कार्यक्रमको घोषणा भएको छ । विज्ञप्तीका अनुसार ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने, उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिठ्ठी तथा लाठी जुलुस, देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन लगायतका कार्यक्रम रहेका छन् । प्रतिनिधिसभा पुनः स्थापना नहुँदा सम्म विरोध कार्यक्रम जारी रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउंदा सम्म हाम्रो संघर्ष अझ सशक्त रुपमा अघि बढ्नेछ।’