सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

जनकपुर । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । सर्लाहीको बाग्मती नगरपालिकाको नयाँरोड–बहरथवा सकडखण्डमा मोटरसाइकलको ठक्कबाट हरिणको मृत्यु भएको हो । उत्तरबाट दक्षिण जाँदै गरेको प्रदेश १–०२–०४२ प ४००९ नम्बरको मोटरसाइकलले गए राती हरिणलाई ठक्कर दिएको थियो । ठक्करबाट हरिणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सुनिल थापा र शिव कुमार महतो घाइते भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । यो पनि पढ्नुहोस वन्यजन्तुमैत्री विकास नहुँदा मानव र जनावर दुवै खतरामा
प्रतिक्रिया