NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

काठमाडौं विश्वकै प्रदूषित शहरमा १ नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यकामा विश्वकै सर्वाधिक वायु प्रदूषण भएको आइक्युएयरले जनाएको छ । आइक्युएयरको तथ्यांकका अनुसार सोमबार र मंगलबार दुवै दिन काठमाडौं उपत्यकामा भएको वायु प्रदुषण विश्वकै सर्वाधिक देखिएको हो । हाल काठमाडौंको एअर क्वाली इन्डेक्स (एक्युआइ) ४३७ रहेको आइक्युएयरको तथ्यांकमा देखिएको छ । सोमबार उक्त इन्डेक्स ४८७ थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित भएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा ३०० एक्युआइ नाघेपछि संकटकालको घोषणा गर्नुपर्ने उल्लेख छ ।