NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

के हाे व्यवस्थापन परीक्षण ? यस्ता छन् देखिएका कैफियतहरु

सार्वजनिक निकायहरुले सम्पन्न गरेका क्रियाकलापहरुको सान्र्दभिकता, जवाफदेहिता र प्रभावकारिता परीक्षण गर्ने कार्य नै व्यवस्थापन परिक्षण हो । सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरु (लोक सेवा बाहेक) मा कार्यरत निजामती कर्मचारीले प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरुको पालना गरे नगरेको सम्वन्धमा व्यवस्थापन परीक्षण गर्दै आएको छ । हाल व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ कार्यान्वयनमा रहेको अवस्था विद्यमान छ । उद्देश्य : १. संगठनमा काम गर्ने जनशक्तिलाई कर्तव्य र उत्तरदायित्व पालना गराउने, जवाफदेहीता सिर्जना गराउने । २. व्यवस्थापनको कार्यदक्षता जाँच्ने, प्रभावकारिता जाँच्ने । ३. कार्य प्रक्रियाको सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने । ४. गतिशील संगठन र जवाफदेही प्रशासन निर्माण गर्ने । नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो, गुणस्तरीय, प्रभावकारी, पारदर्शी, परिणाममुखी तथा नागरिकमैत्री बनाई प्रशासनको प्रत्याभूति दिलाउन सरकारले विभिन्न नीतिगत, संस्थागत, प्रक्रियागत कार्यविधिगत व्यवस्थाहरु गरेको छ । उक्त व्यवस्थाहरु सुव्यवस्थित र क्रियाशील रहे नरहेको विषयमा विभिन्न विधिमार्फत परीक्षण र मूल्याङ्कन गर्ने व्यवस्था समेत गरिएको छ । यस विधि मध्य् व्यवस्थापन परीक्षण एक महत्वपूर्ण औजारको रुपमा रहेको छ । व्यवस्थापन परीक्षणका क्षेत्रहरु : – १. संगठनात्मक नीति र व्यवहार । २. संगठन संरचना । ३. कार्यप्रक्रिया र कार्यालय विन्यास । ४. कर्मचारी व्यवस्थापन र अभिलेख । ५. आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन । ६. सेवा प्रवाह र पारदर्शिता । ७. सूचना प्रविधिको प्रयोग । ८. गुनासो व्यवस्थापन । ९. विविध । व्यवस्थापन परीक्षणका विधी : – १. अनुसूची फारामहरुको प्रयोग गरी विवरण संकलन (प्रश्नावली) २. प्रत्यक्ष अध्ययन, अवलोकन ३. छलफल, अन्तरक्रिया एवं संवाद (कार्यालय प्रमुख र कर्मचारीहरुसँग ) ४. सेवाग्राहीसंँग सोधपुछ र अन्तरक्रिया ५. कागजात तथा प्रभावहरुको अध्ययन महत्व : – १. कर्मचारीवाट हुने काम कारबाहीहरु प्रचलित कानून वमोजिम भए नभएको परीक्षण गरी देखिएका कमीकमजोरी, त्रुटी र अनियमिताहरुलाई उजागर गर्ने, सुधारका लागि सुझाव प्रस्तुत गर्ने । २. संगठनका दुर्वल पक्षहरु हटाउन आवश्यक उपायहरु समेत सिफारीस गर्ने । ३. उपलव्ध स्रोत साधनको उच्चतम प्रयोग गरी संगठनमा गतिशीलता र प्रभावकारीता बृद्धि गर्न सहयोग गर्ने । ४. व्यवस्थापनमा हुन सक्ने अव्यवस्था र त्रुटिहरुको रोकथाम गरी जवाफदेहिता अभिबृद्धि गर्न सहयोग गर्ने । ५. संगठनको सम्पुर्ण तहको कार्यक्षमता जाँच गर्ने । ६. संगठनमा कार्यन्वयन तहका समस्याहरु पत्ता लगाई सुझावहरु सिफारिस गर्ने । ७. विधिको शासन सञ्चालनमा सहयोग गर्ने । ८. सुशासन अभिबृद्धि गर्ने । व्यवस्थापन परीक्षणको क्रममा देखिएका कमी कमजोरी :– – प्रचलित कानूनको प्रयोगमा पूर्ण परिपालनाको कमी । – सुरक्षित तथा अनुकूल कार्य वातावरणको अभाव । – कर्मचारीहरुमा न्यून उत्प्रेरणाको अवस्था, न्यून मनोवल । – नागरिक समाजको सहयोग एवं संस्थागत निकायहरुको समन्वयमा कमजोरी । – सुस्पष्ट कार्यविवरण तोकी जिम्मेवारी तुल्याउन नसकिएको । – संगठनको उद्देश्य, संरचना र विद्यमान जनशक्ति बीच तालमेल मिल्न नसकेको । – अभिलेख व्यवस्थपनको पक्ष कमजोर रहेको । – निजामती सेवा ऐन तथा नियमावलीको पूर्ण पालना हुन नसकेको । – कार्यालयको कार्य वातावरण सेवा प्रदायक तथा सेवाग्राहीमैत्री नभएको । – जनशक्तिको क्षमता, सेवाग्राहीको चेतनास्तर कमी । – संस्थागत सुशासनका पक्षहरुमा ध्यान कम पुगेका । – तलवी प्रतिवेदन पारित गर्नुपर्ने कानूनी प्रावधानको पूर्ण पालना नभएको । – कार्य विवरण लागू हुन नसकेको । – संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा संगठन संरचना पूनरावलोकन हुन नसकेको । – सूचनामा सर्वसाधारणको पहूँच सहज नरहेको । – भौतिक व्यवस्थापन सेवाग्राहीमैत्री, लैङ्गिकमैत्री तथा अपाङ्गमैत्री नरहेको । – सेवाग्राहीको पृष्ठपोषण लिन नसकिएको । – पेश्की तथा वेरुजु फछ्यौट, जिन्सी व्यवस्थापन, सूचना प्रविधिको उपयोग जस्ता पक्षहरु कमजोर रहेको । उपसंहार निजामती सेवामा वढ्दै गइरहेको विविधताको व्यवस्थापन, सूचना प्रविधिको उच्चतम उपयोग, सेवा प्रवाहमा समान पहूचको लागि लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गमैत्री, नीति, नियम, कार्यविधि, पूर्वाधार संरचनाहरु निर्माण तथा संस्थागत क्षमता अभिवृद्घिका विषयहरुमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । सन्दर्भ सामाग्री १. व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ २. व्यवस्थापन परीक्षण सम्वन्धि प्रतिवेदनहरु ।