काेराेना महामारी : यी १३ जिल्लामा निषेधाज्ञा
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो । गृह मन्त्रालयका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ। जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ। कास्कीबाहेकमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिका बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिका जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै, ठाकुरबाबा नगरपालिका बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिका राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ । यसैगरी, बढैयाताल गाउँपालिका भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङले नगरपालिका–३ र कालिकोट खाँडाचक्र नगरपालिका–११ मा निषेधाज्ञा जारी गरिएको छ। राजधानी दैनिकमा खबर छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया