NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कांग्रेस ६८ केन्द्रीय सदस्यको नतिजा : देउवा ५४, शेखर १३, को–को हुन् जित्नेहरू ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ६८ केन्द्रीय सदस्यको नतिजा आएको छ ।  यसमा खुलाका ३५, महिला ९, मधेस पुरुष खुलाको ५, महिलाका ४, प्रदेश २ खुलाका २, प्रदेश २ केन्द्रीय सदस्य महिलाको १, वाग्मती प्रदेशका २ खुला केन्द्रीय सदस्य, वाग्मती प्रदेशको १ महिला सदस्य, केन्द्रीय सदस्य अल्पसंख्यकतर्फ १, केन्द्रीय सदस्य अपाङतातर्फ १ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १, प्रदेश १ केन्द्रीय सदस्य महिला १, प्रदेश १ खुला २, मुस्लिम खुला २, मुस्लिम महिला १ गरी ६८ केन्द्रीय सदस्यको नतिजा आएको हो ।  नतिजा आएका ६८ सदस्यमध्ये संस्थापन शेरबहादुर देउवा पक्षले ५४ केन्द्रीय सदस्य जितेको छ ।  जित्दा डा. शेखर कोइराला पक्षले जम्मा १३ जना जितेको छ । एक खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले जितेका छन् ।  खुला ३५ मा संस्थापनले २५, महिला खुलामा ८ र मधेसी पुरुष खुलामा ४, मधेसी  महिलामा ४ केन्द्रीय सदस्य जितेको छ । प्रदेश २ खुलाका २, प्रदेश २ केन्द्रीय सदस्य महिलाको १, वाग्मती प्रदेश खुलामा १, वाग्मती महिलाको १, केन्द्रीय सदस्य अल्पसंख्यकतर्फ १, केन्द्रीय सदस्य अपाङतातर्फ १ र केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १, प्रदेश १ महिला सदस्य १ र प्रदेश १ खुला सदस्य १, मुस्लिम खुला २ र मुस्लिम महिला १ मा देउवा पक्षले जितेको हो ।  शेखर पक्षले खुलाका ३५ मध्ये ९, महिलाको ९ मध्ये १, मधेसी खुलाको ५ मध्ये १, वाग्मती प्रदेश खुलाको २ मध्ये १, प्रदेश १ खुलामा १ केन्द्रीय सदस्यमात्रै जितेको छ ।  खुला केन्द्रीय सदस्य देउवा र शेखर पक्ष कसले कति जिते ?  डा. शशांक कोइराला ३८३६ देउवा पक्ष एनपी साउद २९३७ बालकृष्ण खाण २८७९ उदयशमशेर राणा २८४३ रामहरि खतिवडा २८३२ ज्ञानेन्द्रबहादुर कार्की २८२० रमेश लेखक २७८० शंकर भण्डारी २७६२ जिपछिरिङ्ग लामा २७०२ जीतजङ्ग बस्नेत २५५७ गोपालमान श्रेष्ठ २५३८ मोहनबहादुर बस्नेत २४७६ सुनिलबहादुर थापा २४७२ नैनसिंह महर २४६७ गोविन्द भट्टराई २३५० कुन्दनराज काफ्ले २२७९ सुरेन्द्रराज पाण्डे २२०१ पद्मनारायण चौधरी २०३८ राजीव ढुंगाना १८९६ गुरु बराल १८७० मदनबहादुर अमात्य १८३० गणेश लामा १७८२ उमेशजंग रायमाझी १७७६ इ.मोहन आचार्य १७५१ डा. गोपाल दहित १७१० कृष्णकिशोर घिमिरे १७०७ महिला खुला डा. डिला संग्रौला पुष्पा भुसाल आरजु राणा अम्बिका बस्नेत ईश्वरी न्यौपाने रमा कोइराला सुशीला ढकाल रंगमति शाही मधेसी खुला अजयकुमार चौरसिया विनोद चौधरी दिनेशकुमार यादव महेन्द्रकुमार राय यादव मधेसी महिला मुक्ताकुमारी यादव मिनाक्षी झा मञ्जुकुमारी यादव नागिना यादव प्रदेश २ खुला : रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना प्रदेश २ महिला : चित्रलेखा यादव वाग्मती प्रदेश महिला : उर्मिला नेपाल केसी वाग्मती प्रदेश खुला : ध्यानगोविन्द रञ्जित अपागंता खुला : मदनकृष्ण श्रेष्ठ अल्पसंख्यक खुला : प्रदीपकुमार सुनुवार पिछडिएको क्षेत्र : अर्जुनजंगबहादुर सिंह प्रदेश १ खुला :अमृत अर्याल प्रदेश १ महिला : महिन्द्राकुमारी लिम्बू मुस्लिम खुला : अब्दुल रज्जाक र अब्दुल सतार मुस्लिम महिला : जावेदा खातुन जागा शेखर पक्ष अर्जुननरसिंह केसी २६५० दिलेन्द्रप्रसाद बडू २४४१ डा. रामशरण महत २४३४ बलबहादुर केसी २३८८ दीपक गिरी २२६५ दिनेश कोइराला १७८१ सञ्जयकुमार गौतम १८६७ प्राडा गोविन्दराज पोखरेल १८४३ अजयबाबु शिवाकोटी १८११ वाग्मती प्रदेश : राजन केसी मधेसी खुला : डा. चन्द्रमोहन यादव महिला खुला : सरिता प्रसाईं प्रदेश १ खुला : राजीव कोइराला ।