NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताए । उनका अनुसार त्यसलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

शंकास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधन रोकिएका थिए । सेनाले उक्त वस्तु निष्क्रय पारेसँगै अहिले पूर्ववत् सवारीसाधन सञ्चालनमा आएका छन् ।
`