NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

रासस चौतारी शाखामा नयाँ कार्यसमिति

काठमाडौं । प्रेस चौतारी नेपाल, रासस शाखाको आज सम्पन्न चौथो अधिवेशनले शर्मिला पाठकको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्ष पछि पूर्ति गरिनेछ भने सचिवमा कमलाकुमारी पौडेल र कोषाध्यक्षमा मुना भण्डारी चयन गरेको छ ।

नयाँ कार्यसमितिलाई राससका महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य माधव विद्रोही, चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष राजेन्द्र विष्ट, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठान प्रदेशका सहसंयोजक सरोज ढुङ्गेल, केन्द्रीय सदस्यहरू किरण भट्टराई, सञ्चिता घिमिरे, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले बधाई र शुभकामना दिए ।

शाखाले राससको ६१औँ वार्षिकोत्सवका अवसरमा घोषित सम्मान र पुरस्कार कोभिड–१९ को जोखिम न्यून भएपछि अनुकूल समयमा प्रदान गर्ने जनाएको छ ।