NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्राध्यापक संघको महाधिवेशन चैतमा

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघले चैतमा महाधिवेशन गर्ने भएको छ । प्राध्यापक संघ नेपालले आगामी चैतमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिको बैठकबाट गरेको हो ।

संघको निर्णय अनुसार महाधिवेशन ११ र १२ चैतमा हुन लागेको हो ।

महाधिवेशन अघि फागुन मसान्तभित्र क्याम्पस इकाइको अधिवेशन गर्ने कार्यतालिका छ । चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि र सदस्यता शुल्कसहितसहितको विषयलाई टुंग्याउनुपर्ने छ ।