NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’को सिइओमा सन्तोषकुमार देवकोटा नियुक्त

काठमाडाैं । डिजिटल मिडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो – Nepali Patro’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएका छन् ।

देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त
भएका हुन् ।

विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो  अनुभव संगालेका छन् । रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् ।

विक्रम संवत् २०६३ साल (सन् २००८) मा सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरुकाका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ ।

विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिकाविशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

“हाम्रो समय, हाम्रो गौरव” मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरीको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको अबको यात्रालाई अझ प्रत्यूदपादक, अझ नविन बनाउनका लागि हामीसँग सिइओको भूमिकामा सन्तोष कुमारदेवकोटा आवद्ध हुनुभएको हो । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन
समाचार स्रोत आवद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमैं उत्पादित पहिलो कम्यूनिटि एप हो ।” जिनियस सिस्टम्स सह-संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले भने, ”आउँदा दिनहरुमा हामी नेपाली प्रयोगकर्ताहरुका लागि आवश्यक ति तमाम कोशिषहरु गर्नेछौं जसले नेपाली
पात्रोलाई नेपालीहरुको आधिकारिक तथा विश्वासिलो कम्यूनिटी एप बनाइरहन सहयोग गर्नेछ । हामीहाम्रो एप्लिकेशन ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुलबन्न चाहन्छौं । लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।”

नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो । यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन
लगायतका सुविधाहरुले युक्त छ ।

“पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह रबाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै। त्यसैले नेपाली पात्रोले आमनेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाईउनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र श्री सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।” नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले भने ।