नेपाल बैंकले माग्यो ३०३ कर्मचारी

काठमाडौं । नेपाल बैंक लिमिटेडले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा ३०३ कर्मचारी माग गरेको छ ।
बैंकले सबैभन्दा धेरै सहायक पदमा १५० जनशक्ति माग गरेको छ । त्यसैगरी, ९१ कनिष्ठ सहायक र ६२ सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ । त्यसैगरी, सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जनशक्ति माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आगामी चैत १० गतेसम्म आवेदन दिन भनिएको छ । दोब्बर दस्तुर तिरेर भने थप एक साता आवेदन बुझाउन सकिनेछ । बैठकले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया