समाजमा समानता आउन सकेन : वाक्चन

सुनिल मण्डेल,बझाङ । लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको एफएम डिसिकी अध्यक्ष तथा मानव अधिकारकर्मी निर्मला वाक्चनले बताइन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा थलारा गाउँपालिकाले आयोजना गरेको लैंगिक विभेद अन्त्य तथा सम विकास सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले समान नागरिक, समान सहभागीता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको बताइन् ।
महिलाहरु अझ पनि देशमा समान नागरिकको हैसियतमा पहिचान स्थापित हुन सकेको छैन । तुलनात्मक रुपमा महिलाको राजनैतीक सहभागीता वृद्धि भएता पनि महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानीकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न नसकेको उनको भनाई छ । उनले भनिन् ‘अधिकार खोजेर, लडेर सबैको सामु उभिन सकेका छौं । अझै पनि महिला माथी हेर्ने दृस्ठिकोण राम्रो छैन । एक्लै जंगल जान नपाईने, हिड्न नपाइने, घरमा पनि महिला असुरक्षित हुने गरेका छन् ।’
विभिन्न हानिकारक सामाजिक, आर्थिक तथा धार्मिक परम्पराहरूबाट प्रतिपादित र निर्देशित कुप्रथाका कारण महिलामाथि भैरहेको हिंसालाई गम्भीर अपराधको रूपमा स्वीकार तथा ब्याख्या गरि त्यस्ता सबैखाले हानिकारक परम्परागत अपराधको अन्त्यका लागि स्थानीयदेखि राष्ट्रिय तहसम्म रणनीति,कार्ययोजना बनाई आम सचेतनाका अभियानहरु व्यापक रुपमा सञ्चालन गर्नुपर्ने, महिलाको स्वास्थ्य एवं यौनिकतालाई प्रभाव पार्ने सबै प्रकारका विभेदपूर्ण व्यवहारहरूको अन्त्य गर्न समुदाय तहदेखिनै महिलाको शरिरमाथि महिलाकै निर्णय हुन्छ भन्ने मान्यता स्थापित गर्ने तवरले शिक्षा, सुचना प्रवाह गर्नुपर्नेमा जोड दिन अधिकारकर्मी वाक्चनको भनाई छ ।
यस्तै मानव अधिकारकर्मी तथा पत्रकार उमेद वाक्चनले महिलाहरुले आर्थिक रुपमा सशक्त र स्वाबलम्ब भएर जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जनाका लागि महिलाहरुको आन्तरिक र आर्थिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने बताए । सबै खाले विपद तथा महामारिको समयमा बालबालिका, गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी, असहाय, यौनिक तथा लैगिंक अल्पसंख्यक, श्रमिक एवम् सीमान्तकृत समुदायको अधिकार संरक्षणमा विशेष जोड दिनुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा फाया नेपाल फिल्ड संरक्षक तथा कार्यक्रम प्रशिक्षक सीता सिंहले माहिला माथी हुने लैङ्गिक विभेद, हिंसा हुन बाट कसरी रोक्ने र कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी गराउनु भएको हो । आफ्नो गाउँठाउँ, टोल छरछिमेकमा महिला हिंसा विरुद्ध जनचेतना फैलाउन यो कार्यक्रम निकै प्रभावकारी भएको गाउँपालिका उपाध्यक्ष गंगु देवि खडायतले बताईन् ।
थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले महिलामाथि भइरहेका हिंसा र विभेदको अन्त्यविना महिलाको मानवअधिकार सुनिश्चित हुन सक्तैन । सामाजिक न्याय, समानता, देशको दिगो विकास र शान्तिका लागि महिलामाथि हुने हिंसाको समूल अन्त्य आजको आवश्यक रहेको बताए ।
शनिबार गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि मानव अधिकारकर्मी तथा पत्रकार उम्म्द वाक्चन्,निर्मला वाक्चन् रहेका थिए । भने बिशिस्ट अतिथि उपाध्यक्ष गंगु देवि खडायत रहेकी थिईन् । यस्तै उक्त कार्यक्रममा गाउँपालिका भरिका महिला, जेष्ठ नागरिक, सबै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया