NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

राप्रपा नेपालले यसरी दिंदैछ देशभर उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित गरेको छ ।
बुधबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्य समिति बैठकले मस्यौदा पारित गरेको हो ।
बैठकले वैशाख ३० मा हुने चुनावमा सकेसम्म धेरै स्थानीय पालिकामा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।
मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि गत महिना थापाले पार्टी परित्याग गरेका थिए ।
आगामी चुनावमा एमालेसँग राप्रपा नेपालले चुनावी तालमेल गर्ने प्रयास गरेको छ ।