NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
राजनीति

स्थानीय चुनावमा लिङ्देनको रणनीति : पूर्व-पश्चिम हुँदै केन्द्र घेर्ने

काठमाडौं। चामत्कारिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा उदाएर नयाँ राजनीतिक सन्देश दिएका साे दलका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय चुनावका लागि नयाँ रणनीति तय गरेका छन् ।

लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय निर्वाचनमा पूर्वी र पश्चिम नेपालमा आफ्नो विजयीको झण्डालाई दोब्बर बढाउने र मध्यक्षेत्रमा विगतभन्दा थप बलियो बन्ने रणनीति बनाएको छ ।

राप्रपाले कम्तीमा १५ देखि २० स्थानीय तहमा विजयी हासिल गर्ने लक्ष्य राखेको छ । अघिल्लो निर्वाचनमा राप्रपा एक उप–महानगरपालिका सहित ५ स्थानीय तहमा विजयी भएको थियो । त्यसमध्ये झापाका तीन स्थानीय तहमा राप्रपा विजयी बनेको थियो । झापा लिङ्देनको गृह जिल्ला हो ।

स्थानीय तहको निर्वाचनका लागि लिङ्देनले ‘जनताको माझमा राप्रपा, समृद्ध स्थानीय तह भन्ने मूल नारा बनाएर प्रचार–प्रसारमा गएका छन् ।

अघिल्लो निर्वाचनमा वाग्मती प्रदेशभित्र राप्रपा धादिङको रुवीभ्याली गाउँपालिकामा मात्रै विजयी भयो ।

राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले आफ्नो गृह जिल्ला मकवानपुरबाट समेत एउटा पनि स्थानीय तहमा जित निकाल्न सकेनन् । जबकि, अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका कुनै पनि स्थानीय तहबाट जित निकाल्न सकेको थिएन । मधेस प्रदेश, सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा पनि राप्रपा निल थियाे । लुम्बिनी प्रदेशमा धवलशम्मशेर राणाले बाँके उपमहानगरपालिकामा जित निकालेर नाक जाेगाइदिएका थिए  ।

लिङ्देनको नेतृत्वमा रहेकाे प्रदेश नं. १ मा भने राप्रपाले राम्राे उपस्थिति देखाएकाे थियाे । याे प्रदेशअन्तर्गतकाे ताप्लेजुङमा एक, झापामा तीन स्थानीय तहमा राप्रपा विजयी भएकाे थियाे । लिङ्देनले पहिले जितेका स्थानीय तहलाई जोगाउने र कम्तीमा १० देखि १५ नयाँ स्थानीय तहमा जित निकाल्ने हिसाब तयार गरेको राप्रपाका एक नेताले नेपालवाचलाई बताए ।

लिङ्देनले कम्तीमा झापामा मात्रै ५ स्थानीय तहमा राप्रपा विजयी हुने हिसाब निकालेका छन् । त्यस्तै ताप्लेजुङमा एक, धनकुटामा एक सिट निकाल्ने रणनीति बनाएका छन् । स्याङ्जामा कम्तीमा एक स्थानीय तहमा विजयी हुने लक्ष्य उनकाे छ।

स्थानीय तहको निर्वाचनमार्फत पार्टीलाई थप बलियो देखाउने र त्यसलगत्तै हुने संसदीय निर्वाचनमा समेत राप्रपाको सिट संख्या देखाउन सकिन्छ भन्ने लिङ्देनको बुझाइ छ ।

स्थानीय निर्वाचनमा आफ्नो हितमा तालमेल गर्ने रणनीति बनाएको राप्रपाको नेतृत्वमा नयाँ अनुहार आएका छन् । कमल थापाको बर्हिगमनले राप्रपाको राजनीतिक नेतृत्वप्रति आकर्षक बढाएकाे देखिएको छ ।

राजेन्द्र लिङ्देनकाे निष्कर्ष : लोकतान्त्रिक आचरण नभएका थापालाई पार्टी अध्यक्ष बनाउनु नै दुर्भाग्य

समाधान खोज्ने अन्तिम प्रयास भइरहेका बेला कमल थापाको पार्टी छोडे : राजेन्द्र लिङ्देन