वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागाईँले उद्घाटन गरे ।
कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागाईँले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भने ।
कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया