विदेश जाने कामदारले अब नेपालमा श्रम स्वीकृति लिनु नपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाइने भएको छ ।
विदेश जाने कामदारले श्रम स्वीकृति लिने व्यवस्था २ वैशाखदेखि खारेज गर्ने वैदेशिक रोजगार विभागको तयारी छ ।
सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललाई उद्धृत गर्दै नयाँ पत्रिकाले आज खबर लेखेको छ ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई पेपरलेससमेत बनाउने भएको छ । कामदारले कामको खोजीदेखि आवेदन दिने, आफ्नो काम गर्ने पेसा र मुलुक रोज्ने, भिसा लिने, बीमा गर्ने, राजस्व बुझाउनेलगायतका सबै प्रक्रिया अनलाइनबाट गरिने योजना बनाएको विभागले जनाएको छ ।
प्रतिक्रिया