एमाले नेता गुरागाईंमाथि आक्रमण, अवस्था गम्भीर

काठमाडौं । नेकपा एमालेका धनकुटाका एक नेतामाथि खुर्पा प्रहार भएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईँमाथि शनिबार खुर्पा प्रहार भएको हो ।
धनकुटास्थित घरैमा बसिरहेका बेला उनीमाथि छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।
गुरागाईंको आँखामाथिको भागमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार, उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया