राससको सञ्चालक समिति सदस्यमा प्रेस युनियन आबद्ध पत्रकार मनोनीत
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक सदस्य पदमा मोरङका वरिष्ठ पत्रकार शङ्कर खरेल मनोनीत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही चैत २२ गतेको (मन्त्रिस्तरीय) निर्णयानुसार विराटनगर–३, मोरङका पत्रकार खरेल राससको सञ्चालक सदस्यमा मनोनीत भएका हुन् ।
मन्त्रालयले उनलाई रासस ऐन, २०१९ को दफा ८ को उपदफा (१) बमोजिम चार वर्षका लागि सदस्यमा मनोनयन गरेको जनाएको छ । ०४४ मा पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार खरेल त्यसयता निरन्तर पत्रकारितामा सक्रिय छन् ।
विसं २०४८ मा विमर्श साप्ताहिकमा काम गरेका उनले ०४९ सालदेखि कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा गरी २३ वर्षसम्म निरन्तर पत्रकारिता गरेका थिए । हाल न्यू सृष्टि दैनिकका अध्यक्ष एवं प्रधानसम्पादक रहेका उनी गीत, चलचित्र र समाजसेवामा पनि संलग्न छन् । नेपाल प्रेस युनियका पूर्वकेन्द्रीय सदस्य उनी हाल नेपाल पत्रकार महासङ्घ र प्रेस युनियन मोरङका सल्लाहकार छन् ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया