NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देउवाको गृहनगरबाहेक काठमाडौंका ९ नगर सत्ता गठबन्धनले ‘क्लीन स्वीप’ गर्न सक्ने, यस्तो छ अंकगणित

काठमाडौं । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंमा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिकाको मेयरसहित ६ नगरपालिकामा मेयर र उपमेयर दुवै पद जितेको थियो ।

यस्तै महानगरपालिकाको उपमेयरसहित कांग्रेसले दुई नगरपालिकामा दुवै पदमा जित निकालेको थियो । दुईवटा नगरपालिकामा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । गत निर्वाचनमा एक्ला–एक्लै चुनावी मैदानमा भिडेका प्रमुख दलहरू वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन भर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमालेले आवश्यकता अनुसार राप्रपा, राप्रपा नेपाल, विप्लव नेतृत्वको नेकपा, लोकतान्त्रिक समाजवादीसँग तालमेल गर्ने प्रयास गरेको छ । एमालेविरुद्ध देशभर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी कसिलो बनाउँदै लगेका छन् । गठबन्धनले गत निर्वाचनमा जितेको ठाउँमा एक अर्कालाई सहयोग गर्ने र एमालेले जितेको स्थानमा भागबण्डा गर्ने तयारी गरेका छन् ।

यसपटक एमाले विभाजन भएको, नयाँ मतदाताको संख्या पनि उल्लेख्य रहेकाले आगामी चुनावी परिणाम कस्तो होला भन्ने सबैमा कौतुहलता जागेको छ । संघीय राजधानीसमेत भएको काठमाडौंलाई सचेत मतदाता बसोबास गर्ने जिल्लाको रूपमा हेरिन्छ । यहाँका मतदाता परम्परागत धारलाई पछ्याउने भन्दा पनि सधैं नयाँ–नयाँ प्रयोग गर्न रुचाउने प्रवृत्तिका छन् । आगामी निर्वाचनमा मतदातालाई आफूतर्फ आकर्षित गर्न चुनावी अभियानसहित राजनीतिक दलहरूले विभिन्न रणनीति तय गरिरहेका छन् ।

०७४ को दलहरूले प्राप्त गरको मतपरिणाम हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवा बसोबास गर्ने नगर बुढानीलकण्ठमा एमालेविरुद्ध सत्ता गठबन्धन गर्दा जित्न सहज नहुने देखिएको छ । गत निर्वाचनमा यस नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले अत्याधिक मत ल्याई विजयी भएका थिए ।

एमालेले १३ हजार २४६ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ८ हजार ९२७, माओवादी केन्द्रले ३ हजार ७९० मत पाएको थियो । त्यस्तै उपमेयरमा एमाले १३ हजार १८८ मत ल्याइ जितेको थियो । कांग्रेसले ९ हजार ७६८, माओवादी केन्द्र ३ हजार ९२ ले मत ल्याएका थिए । २७ हजार ७८७ मत सदर भएकोमा अहिलेको सत्ता गठबन्धनको पषमा मेयरमा १२ हजार ९२६ मत देखिन्छ ।

उपमेयरमा १३ हजार ७७ मत ल्याएको थियो । यी दुवैको मतान्तर क्रमशः ३२० र १११ रहेको छ । एमालेले आफ्नो विरासत बचाउनका लागि एकीकृत समाजवादीले काट्न सक्ने भोटको क्षतिपुर्ति उठाउनै पर्ने दबाबमा रहेको छ । यदि गठबन्धनले बुढानीलकण्ठमा भोट व्यवस्थापन गरी इमान्दारपूर्वक मतदाताले भोट हाले काठमाडौंमा गठबन्धनले ‘क्लीन स्वीप’ मार्न सक्ने देखिन्छ ।

१० नगरपालिकाका कस्तो छ सत्ता गठबन्धन र एमालेको मत ?

१. कीर्तिपुर

यस नगरपालिकामा एमालेले मेयरमा सदर मत २१ हजार १७७ मध्ये ७ हजार ३६० मत ल्याई विजयी भएको थियो । उसको निकटतम प्रतिदवन्दी कांग्रेसले ६ हजार ६१६, माओवादी केन्द्रले ४ हजार ९, नयाँ शक्ति १ हजार ५२१ र स्वतन्त्रले १ हजार २७ मत पाएको थियो । गठबन्धनको जम्मा मत १२ हजार १४६ रहेको छ ।

त्यस्तै उपमेयरमा एमाले ६ हजार ८१० मत ल्याइ विजयी भएको थियो । प्रतिद्वन्द्वी कांग्रेसले ६ हजार ४३, नयाँ शक्ति ३ हजार ९१३, माओवादी केन्द्र ३ हजार ६५ र राप्रपाले ४५७ मत पाएको थियो । गठबन्धनमा यी दलको जम्मा मत १३ हजार २१ रहेको छ ।

२. कागेश्वरी मनोहरा

कुल सदर मत २० हजार ९८३ मध्ये यस नगरपालिकामा मेयरमा एमालेकै उम्मेदवारले ८ हजार ९६९ मत ल्याइ विजयी भएका थियो । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसले ८ हजार ४८७, माओवादीले केन्द्र २ हजार ५६७, राप्रपा ७३९ र नयाँ शक्तिले १५६ पाएका थिए । गठबन्धनको मत ११ हजार २१० मत रहेको छ ।

उपमेयरमा एमाले ९ हजार १८२ मत ल्याइ विजयी भएको थियो । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसले ८ हजार २९६, २ हजार १९२, राप्रपा ९२५, राजमोले ४३ मत पाएका थिए । गठबन्धनको १० हजार ५३१ मत रहेको छ ।

३. गोकर्णेश्वर

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार ९ हजार ९ मत ल्याइ मेयरमा निर्वाचित भएका थिए । निकटतम् प्रतिद्वन्द्व बन्दै एमाले उम्मेदवारले ७ हजार ५९५ मत ल्याएका थिए ।

माओवादी केन्द्रले २ हजार २६, राप्रपाले ७८५, नयाँ शक्तिले २०४ मत पाएका थिए । मेयरमा गठबन्धनको मत ११ हजार २३९ देखिन्छ ।
त्यस्तै उपमेयरमा निर्वाचित कांग्रेसका उम्मेदवारको ८ हजार ५९८ मत आएको थियो । एमालेको ८ हजार ६२, माओवादीको २ हजार २०३, राप्रपाको ६३६, नयाँ शक्तिको २१३ मत आएको थियो । खसेको मत मध्ये १९ हजार ७६० मत सदर भएको थियो । गठबन्धनले पाएको मत ११ हजार १४ रहेको छ ।

४.चन्द्रागिरी

चन्द्रागिरी नगरपालिकामा ०७४ को निर्वाचनमा खसेको मत मध्ये २९ हजार ४९९ मत सदर भएको थियो ।
मेयरमा कांग्रेसका उम्मेदवार १३ हजार ३०९ मत ल्याइ विजयी भएका थिए । एमालेका उम्मेदवारले तीन हजारले पछि पर्दै १० हजार ४२१ ल्याएका थए ।

माओवादीले ३ हजार ६८७, राप्रपाले ६४२, स्वतन्त्रले ५५८ ल्याएका थिए । गठबन्धनको भोट १६ हजार ९९६ रहेको देखिन्छ । जुन एमालेको भन्दा झण्डै ६ हजारले बढी हो ।

त्यस्तै उपमेयरमा एमाले उम्मेदवार विजयी हुँदा ११ हजार ८३४ मत आएको थियो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ११ हजार २३२ मत ल्याएको थियो ।

माओवादीको ३ हजार ८५४, राप्रपाको ८०२, स्वतन्त्रको ४७५ मत आएको थियो । गठबन्धनको मत १५ हजार ८६ देखिन्छ ।

५. टोखा नगरपालिका

काठमाडौंकोे उत्तरी भेगमा रहेको टोखा नगरपालिकामा २० हजार ४१० मत सदर भएको थियो । यस नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

एमालेले ८ हजार ८९५ मत ल्याइ जितेको थियो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ७ हजार ५१४, माओवादीले २ हजार ३९२, नेमकिपाले ६५७, राप्रपाले ५६८ मत ल्याएको थियो । गठबन्धनको मत ९ हजार ९०६ रहेको देखिन्छ ।

त्यस्तै उपमेयरमा एमाले ८ हजार ९८ ल्याइ विजयी भएको थियो । कांग्रेसको ८ हजार ३६, माओवादीले २ हजार ४७४, राप्रपाको ८६०, नेमकिपाको ६७४ मत आएको थियो । गठबन्धनको १० हजार ५१० मत देखिन्छ ।

६. तारकेश्वर

यस नगरपालिकामा मेयरमा एमाले उम्मेदवार ९ हजार ३३६ मत ल्याइ विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ७ हजार ७५७ ल्याएको थियो । माओवादी केन्द्रले ३ हजार २२१, राप्रपाले ६८७, नयाँ शक्तिले २९१ मत पाएका थिए । यो नगरपालिकामा गठबन्धनको जम्मा मत ११ हजार २६९ देखिन्छ ।

यसैगरी उपमेयरमा एमाले १० हजार ३३७ मत ल्याइ जितेको थियो । कांग्रेसले ६ हजार ९८३ मत ल्याएको थियो । माओवादीले २ हजार ६५१, राप्रपाले ६७६, नेमकिपाले ४०१ मत पाएका थिए । यहाँ खसेको मध्ये २१ हजार ८३५ मत सदर भएको थियो । गठबन्धनको मत ९ हजार ६३४ रहेको छ ।

७. दक्षिणकाली

दक्षिणकाली नगरपालिकामा कुल सदर मत ११ हजार ९३६ रहेको थियो । मेयरमा कांग्रेस उम्मेदवार ४ हजार ९९६ मत ल्याएर विजयी भएका थिए । प्रतिद्वन्द्वी एमालेले ४ हजार २६८ मत ल्याएको थियो ।

माओवादीले २ हजार ४८१, राप्रपाले ३४५, नयाँ शक्तिले १२३ मत पाएको थियो । यहाँ गठबन्धनको मत ७ हजार ६२९ रहेको छ ।

काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?

उपमेयरमा कांग्रेसका उम्मेदवार ४ हजार ७४९ ल्याइ विजयी भएका थिए । एमाले उम्मेदवारले ४ हजार ३३० मत ल्याएका थिए । माओवादीले १ हजार ९३८, राप्रपाले ५०९, नयाँशक्तिले १५२ मत पाएको थियो । गठबन्धनको भोट ६ हजार ८३९ रहेको छ ।

८.नागार्जुन

नागार्जुनमा कांग्रेस ६ हजार ९६१ मत ल्याइ मेयरमा विजयी भएको थियो । निकटतम् प्रतिद्वन्द्वी एमालेले ६ हजार ७२६, राप्रपाले २ हजार ४९४, माओवादीले १ हजार ६१९, नयाँ शक्तिले १ हजार ६८ मत ल्याएको थियो । गठबन्धनले ९ हजार ६४८ मत पाएको देखिन्छ ।


त्यस्तै उपमेयरमा एमालेले ६ हजार ८७१ मत ल्याएर जितेको थियो । कांग्रेसले ६ हजार ७९१ ल्याएको थियो । राप्रपाले २ हजार ३११, माओवादीले १ हजार ७९४, नयाँ शक्तिले ८८७ ल्याएको थियो । यस नगरपालिकामा खसेको मध्ये १९ हजार ५१ मत सदर भएको थियो । गठबन्धनमा ९ हजार ४७२ मत देखिन्छ ।

९.बुढानीलकण्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाको नगरसमेत रहेको बुढानीलकण्ठ नगरपालिकामा मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । एमालेले १३ हजार २४६ विजयी हुँदा निकटतम प्रतिदवन्दी कांग्रेसले ८ हजार ९२७ ल्याएको थियो । माओवादीले ३ हजार ७९०, राप्रपा १ हजार ४४५, संघीय समाजवादी फोरमले २०९ मत पाएको थियो । गठबन्धनको जम्मा मत १२ हजार ९२६ रहेको देखिन्छ ।


त्यस्तै उपमेयर एमाले १३ हजार १८८ मत ल्याइ जितेको थियो । कांग्रेसले ९ हजार ७६८ मत ल्याएको थियो । माओवादीले ३ हजार ९२, राप्रपा ९९१, नयाँ शक्तिले २१७ मत ल्याएको थियो । खसेको मत मध्ये २७ हजार ७८७ मत सदर भएको थियो । गठबन्धनले १३ हजार ७७ मत ल्याएको थियो ।

१०. शंखरापुर

०७४ को निर्वाचनमा शंखरापुर नगरपालिकामा १३ हजार २३० मत सदर भएको थियो । मेयरमा एमालेका उम्मेदवारले ४ हजार ८६९ ल्याइ विजयी भएका थिए । कांग्रेसले २ हजार ९४७ मत ल्याएका थिए । राप्रपाले २ हजार ४६१, माओवादीले २ हजार ४३६, स्वतन्त्रले ५१७ मत ल्याएका थिए । गठबन्धनको मत ५ हजार ३८३ रहेको छ ।

काठमाडौं महानगर : यी हुन् मुख्य दलका सम्भावित उम्मेदवार, एमालेमा भन्दा कांग्रेसमा दाबेदार धेरै

त्यस्तै उपमेयरमा एमाले ५ हजार ४३ मत ल्याए विजयी भएको थियो । कांग्रेस ३ हजार ३००, माओवादीले २ हजार ४००, राप्रपा १ हजार ७१५, स्वतन्त्रले ४४७ मत ल्याएको थिए । गठबन्धनको मत ५ हजार सात सय देखिन्छ ।

माधव नेपालले ५६८९ मत नल्याए काठमाडौंमा गठबन्धन मिले पनि एमालेलाई जित्न नसक्ने, यस्तो छ अंकगणित