कैलालीमा युवकले गरे आत्मदाह

काठमाडौं । कैलालीमा एक युवकले आत्मदाह गरेका छन् । कैलारी गाउँपालिका–२, मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, मादक पदार्थ सेवन गरेका चौधरीले आफ्नै शरीरमा आगो लगाएपछि घाइते भएका थिए । घाइते उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा त्यही उनको मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया