NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

काठमाडौं । अनिता ढुंगेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको शनिबार लोकार्पण गरिएको छ ।

स्व प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेकी हुन् । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा डा ज्ञानू पाण्डेले डा अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएको बताइन् ।

उनका अनुसार लेखक ढुंगेलले तटस्थ र सन्तुलित हिसाबले लेखेको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व डा अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाए । प्राडा प्रमिला प्रधान र प्लास्टिक सर्जन शंकरमान राईले स्व डा शर्मा प्राज्ञिक व्यक्तित्व भएको बताए ।

उक्त पुस्तकको मूल्य ५५० रहेको छ । पुस्तक बिक्रीबाट संकलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष