NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

काठमाडौं । ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णु नेपाल र हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई प्रदान गरिएको छ ।

सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापित ती पुरस्कारको राशिको क्रमशः रु १५ हजार १ र रु २५ हजार १ सहित सम्मानपत्र रहेको छ ।

शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गरे । समारोहमा उनले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाइ सम्मान गरे । ०६२ देखि समाजले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।