जन्ती नै बन्नुपर्यो मलामी

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिँडे । स्थानीय अनुज साहको विवाह थियो । डिजे बाजाको तालमा नाचगान गर्दै खड्क नगरपालिका ११ ललितपुरका लागि जन्ती प्रस्थान गर्यो ।
जन्ती हिँडेपछि बाँकी गाउँलेहरू बेहुलीको स्वागतमा प्रतीक्षारत थिए । तर गाउँलेको खुसी लामो समय टिकेन । केही समयमा नै गाउँ शोकाकुल बन्नुपर्यो । बेहुली लिन जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी बन्नुपर्यो ।
दुलही लिन हिँडेका जन्तीमध्ये एकै गाउँका ३ जनाको दुर्घटनामा एकसाथ मृत्यु भयो । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय पप्पु यादव, २८ वर्षीय बच्चु भनिने रञ्जित यादव र २६ वर्षीय सन्दीप यादव छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
प्रतिक्रिया