NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मौन अवधिभर कसले के गर्न हुँदैन ?

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा भातृ संगठनबाट हुने गतिविधिको अनुगमनका लागि १८ सहसचिवको नेतृत्वमा अनुगमन जम्बो टोली खटाएको छ ।

मंगलबार रातिदेखि सुरु हुने मौन अवधिमा राजानीतिक दल वा उम्मेदवार तथा भातृ संगठनबाट आचारसंहिताको सम्भावित उल्लंघनबारे अनुगमन गर्नका लागि ओयोगले टोली खटाएको हो ।

अधिकारीले विभिन्न संयन्त्रमार्फत आचारसंहिता पालना भए नभएको निगरानी गर्नेछ । यसका लागि आयोगले अफूसहित सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा अनुगमन गर्नेछ ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्नेछ । खटिएका अधिकारीले आचारसंहित उल्लंघन गरेको खण्डमा एकलाख रुपैयाँ जरिवानादेखि उम्मेदवारको उम्मेदवारी नै खारेज गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ संगठनले गर्न नहुने :

१. राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

२. सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न–गराउन पाउने छैन ।

३. फेसबुक, ट्वीटर, इस्टाग्राम, भाइबर, ह्वास्ट एप, युटुबलगायत सामाजिक सञ्जालमा यसअघि पोष्ट गरी बुस्ट गरेका सन्देशहरू मेटाउनुपर्नेछ ।

४.यसअवधिमा ३०० मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार सामाग्री हटाउनुपर्ने छ ।

५. मदिराजन्य पदार्थ बिक्री वितरण, भोजभतेर र नगद वा जिन्सी वितरण गर्न पाउने छैन ।

६. मतदातालाई प्रभावित पार्ने खालको विभिन्न प्रलोभन, दबाव, धम्की दिन पाइने छैन ।

७. राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार वा भ्रातृ संगठनमार्फत मतदाता प्रशिक्षण दिन पाइने छैन ।

मतदाताले पालना गर्नुपर्ने नियम : 

१. मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने ।

२. मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालुपदार्थ वा मादकपदार्थ सेवन गर्न नहुने ।

३. मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने ।

४. मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह, झण्डा वा कुनै सङ्केत अङ्कित कपड़ा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, भेष्ट, लोगो, व्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने ।

५.मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डाअंकित ट्याटु प्रदर्शन गर्न नहुने ।

६.कसैको पक्ष वा विपक्षमा एसएमएस., फेसबुक, म्यासेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नहुने ।

७. मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण :  राजनीतिक दल तथा उम्मेदवारको मतदान तथा मतगणना प्रतिनिधिले देहायका आचरण पालना गर्नु पर्नेछ ।

‘आज रातिदेखि मतदानस्थलको तीनसय मिटरभन्दा नजिक मदिरा सेवन नगरौंँ’ – NepalWatch