लाममा उम्मेदवारको भविष्य (फोटो फिचर)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान देशभर जारी छ । बिहान ७ बजेदेखि सुरु मतदान साँझ पाँच बजेसम्म चल्नेछ ।
आफ्नो स्थानीय सरकारको जनप्रतिनिधि चुन्न मतदाताले उल्लासपूर्वक मतदान गरिरहेका छन् । यद्यपि, दोलखाको बैतेश्वर, हुम्लाको चंखेलीलगायत स्थानमा भने झडपका कारण मतदान प्रभावित भएको छ ।
देशभरका ७५३ स्थानीय तहका १ लाख ४५ हजार ११ उम्मेदवारमध्येबाट मतदाताले आफ्ना प्रतिनिधि चयन गर्नेछन् । यसर्थ जनप्रतिनिधि बन्न चुनावी मैदानमा होमिएका उम्मेदवारको भविष्य अहिले लाममा छ ।
हेरौं, ललितपुरसहित देशका विभिन्न मतदानस्थलको झलक :
प्रतिक्रिया