दोलखाको बैतेश्वर–३ मा पनि झडप (भिडियोसहित)

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ मा गठबन्धन दलका उम्मेदवारबीचमै झडप भएको छ । त्यहाँको वडा नं. १ र २ पछि वडा नं. ३ को कालीढुंगा मावि मतदान केन्द्रमा शुक्रबार बिहान झडप भएको हो ।
कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ ।
स्थानीय तह निर्वाचनको दिन बिहानैदेखि दोलखा अशान्त छ । यहाँको बैतेश्वर गाउँपालिका वडा नं. १ र २ मा बिहानै झडप भएको थियो । कांग्रेसले बुथ कब्जाको प्रयास गरेको आरोप लगाउँदै विपक्षीले प्रदर्शन गरेपछि त्यहाँ झडप भएको हो । तनाव नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर नै गरेको थियो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बैतेश्वर वडा नं. १ र २ को अवस्था नियन्त्रणमा लिएर मतदान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया