रोल्पा नगरपालिकामा माओवादी निरन्तर अगाडि, पछ्याउँदै कांग्रेस

रोल्पा । रोल्पा नगरपालिकामामा सुरुवातदेखि नै अगाडि रहेको माओवादीले अग्रता जारी राख्दै प्रतिस्पर्धी उम्मेदवारलाई निरन्तर पछि पारिरहेको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार त्यहाँ माओवादीका सुरेन्द्र थापा घर्तीले २,९८७ मत ल्याइसकेका छन् । उनलाई सुरुवातदेखि नै पछ्याएका कांग्रेसका शेरबहादुर थापाले दुई हजार मत हासिल गरेका छन् ।
उपप्रमुखमा माओवादीकी गीता आचार्यले तीन हजार ३२ मतका साथ लिड गरिरहँदा उनलाई कांग्रेसकी पुष्पा श्रेष्ठले १४४९ मतका साथ पछ्याइरहेकी छन् ।
त्यसैगरी, नगरपालिकाको वडा नं. १, २ र ४ मा माओवादी उम्मेदवार विजयी भएका छन् । १ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी र ४ मा मित्रलाल गुरुङ विजयी भएका हुन् । वडा नं. २ मा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले समान मत ल्याएपछि गोलामार्फत हारजित छुट्याइएको हो ।
वडा नं. ३ मा भने कांग्रेसका राजकुमार पुरी माओवादीका भरत विष्टलाई पछि पार्दै विजयी बनेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया