माछा मारेर पढाइ, डुंगा खियाएर नेता

काठमाडौं । दलित महिला वडा सदस्यमा निर्वाचित भएपछि पोखरा महानगर–६, बैदामकी शोभा जलारीको मुहारमा बेग्लै चमक छ । निर्वाचित भएको तेस्रो दिन फेवाताल किनतारमा डुंगा चढ्ने पर्यटकको पर्खाइमा बसिरहेकी उनले बाल्यकालदेखि वडा सदस्यसम्मको सम्झना एकै सासमा सम्झिइन् ।
समाज सेवामा रुचि राख्ने उनले ६ वर्षअघि नेपाली कांग्रेसको सदस्यता लिएकी थिइन् । गएको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिइन् । यसपटक पार्टीले चुनावमा उनलाई वडा सदस्यको उम्मेदवार बनायो । वडाध्यक्ष र दुई सदस्य एमालेले जित्दा उनी र महिला सदस्य पवित्रा थापा कांग्रेसबाट चुनिए ।
फेवातालमा साहुको डुंगा खियाएर गर्जो टारिरहेकी उनी कास्कीमा जलारी समुदायबाट पहिलो वडासदस्य बनेकी हुन् । माछा मारेर जीविका चलाउने पुख्र्यौंली पेसालाई शोभाले बाल्यकालदेखि अँगालिन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया