निर्मला पन्त हत्या प्रकरण : ६३१ सँग सोधपुछ, १०७ को डिएनए परीक्षण

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न पत्ता लगाउन सरकारले हालसम्म १०७ जनाको डिएनए परीक्षण गरेको पाइएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानबारे बुधबार सांसदहरूको प्रश्नको जवाफ दिँदे गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी दिए ।
उनले उक्त घटनाका सम्बन्धमा ६३१ जनासँग सोधपुछ र कूल १०७ जनाको डिएनए परीक्षण गरिसकिएको बताए ।
त्यति गर्दासमेत दोषी पहिचान नभएको गृहमन्त्री खाणले बताए ।
यस्ता घटनामा डिएनए परीक्षण नै उपयुक्त हुने भए पनि १०७ जनाको परीक्षणमा समेत पत्ता नलागेको तर अनुसन्धान भने जारी रहेको उनले बताए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया