NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

एपमार्फत शारीरिक व्यायाम गर्दा यी विषयमा ध्यान दिऔँ

कोरोना भाइरस महामारीपछि घरमै बसेर शारीरिक कसरत गर्ने संस्कृति विकास भयो । यस्तै, कार्य व्यवस्थाका कारण पनि मानिसहरू जिमखाना जान सकिरहेका हुँदैनन् । यसले गर्दा, कोही मोबाइलमा फिटनेस एपको माध्यमबाट व्यायाम गरिरहेका भेटिन्छन् त कोही युट्युबमार्फत । भर्चुअल माध्यमबाट यसरी एक्सरसाइज गर्दा यसले शरीरलाई दीर्घकालीन समस्यामा धकेलिरहेको धेरैलाई पत्तो नै हुँदैन ।

हिजोआज ढाड दुख्ने र घुँडाको समस्या हुने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीले त झनै एपमार्फत एक्सरसाइज गर्नु हुँदैन ।

-मानिसको शारीरिक स्थितिअनुसार उनीहरूले गराउने कसरत पनि फरक हुन्छ । त्यसमाथि शारीरिक व्यायामसँगै क्यालोरी पनि मिलाउनुपर्ने हुन्छ । एपमा देखाइने एक्सरसाइस पछ्याउँदा शरीरको कोण पनि मिलाउनुपर्ने हुन्छ । व्यक्तिअनुसार शरीर पनि फरक हुने हुँदा एपमा पाइने टिप्स सबैलाई लागू हुँदैन ।

-कतिपय टिप्स हेरेरमात्र सिको गर्न खोज्दा थाहा हुँदैन । यस्ता विषय नबुझी एपको फिटनेस अनुसरण गर्दा पछि गएर घुँडा, ढाड, जोर्नीको समस्या देखिने, हिपलाइनमा असर गर्ने, मासु तन्किनेजस्ता समस्या देखिने सम्भावना हुन्छ । त्यसमाथि हिजोआज ढाड दुख्ने, घुँडाको समस्या हुने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीले त झन् एपमार्फत एक्सरसाइज गर्नै हुँदैन ।

-विशेषगरी, मोटोपना भएका, अपरेसन गरेर बच्चा जन्माएका महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले, यस्ता एकसरसाइज फिटनेस प्रशिक्षकबिना गर्नु उपयुक्त हुँदैन ।

-यसको मतलब शारीरिक व्यायाम नै नगर्ने भन्न खोजिएको होइन । पहिलादेखि नै प्रशिक्षकबाट सहयोग लिएर जानेकाहरूले गर्दा हुन्छ । नजानेकाले घरमै बसेर गर्न सकिने अरु पनि एक्सरसाइज छन् । सामान्य योग, प्राणायाम, जोइन्ट एक्सरसाइज गर्न सकिन्छ । मोटोपना भएका र ब्याकबोनको समस्या भएकाले हिँडडुल गर्दा नै राम्रो हुन्छ । संगीतमा नृत्य गर्र्ने तथा छतमा हिँडडुल गर्न सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष