NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

के हो एपेन्डिसाइटिस ?

काठमाडौं । एपेन्डिक्स ४ इन्च लामो नलीजस्तै हुन्छ । यो मानिसको ठूलो आन्द्राको पहिलो भागसँग जोडिएको हुन्छ। यद्यपि एपेन्डिक्सको कार्य अज्ञात छ । हाम्रो पेटभित्र ठुलो आन्द्राको पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रालाई ‘एपेन्डिक्स’ भनिन्छ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुन्छ । यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ ।

तर, विभिन्न कारणले यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै पाँकेर आउने र यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ ।एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई ‘एपेन्डिसाइटिस’ भनिन्छ । यो इमर्जेन्सी अवस्था हो। यस्तो बेला पेट अत्यधिक मात्रामा दुख्छ । त्यसैले बिरामी धेरैजसो ‘इमर्जेन्सी’मै जान्छन्। यो समस्याले विशेषगरी २० देखि ४० वर्षको उमेर समूहलाई बढी दुःख दिएको देखिन्छ । यसको दुखाइ पेटमा अलिकति चर्किएर सुरु हुन्छ । धेरै दुर्लभ अवस्थामा, यो देखिन्छ। यसको लक्षण देखा परेको २४ घण्टा भित्र एपेन्डिक्स फुट्छ। तर, लगातार ४८ घण्टासम्म एपेन्डिसाइटिसको लक्षण देखिएमा ८० प्रतिशत मानिसमा यो फुट्ने गर्छ । यस्तो अवस्था घातक हुन सक्छ। एपेन्डिसाइटिसको एक मात्र उपचार शल्यक्रिया हो।

यसका लक्षण

एपेन्डिसाइटिस सामान्यतया ब्याक्टेरियाको संक्रमण वा ब्याक्टेरियल संक्रमणको कारणले हुन्छ। यसको संक्रमण पेटमा सुरु भएर एपेन्डिक्समा फैलिन सक्छ।

एपेन्डिसाइटिस हुँदा तल्लो दाहिने पेटमा दुख्ने, वाकवाकी आउने तथा उल्टी हुने, ज्वरो आउने, नाभि वरिपरी दुख्ने, भोक कम लाग्ने, कब्जियत हुने, खोक्दा, हिड्दा तथा शरीर चलाउँदा असहज महशुस हुने तथा पेटमा ग्यास भरिने हुने गर्छ ।

एपेन्डिसाइटिसको कारण
एपेन्डिसाइटिस लिम्फाइड फोलिकल्सको वृद्धि र चोटले पनि हुन सक्छ। जब एपेन्डिक्समा अवरोध हुन्छ, तब त्यसमा ब्याक्टेरिया तीव्र गतिमा बढ्न थाल्छ ।

एपेन्डिसाइटिसका कारण
–आन्द्रा रोग

–शरीरमा संक्रमण हुँदा सो थैलीको भित्तामा एक फुलेको भाग

–एपेन्डिसियल लुमेनमने क्लजिङ यस स्थितिलाई बढाउन सक्छ ।

–पेटमा हुने चोट पनि यसको कारण हो ।

कसरी बच्ने

एपेन्डिक्सबाट बच्नका लागि नियमित स्वास्थ्य जाँच गराउनु पर्छ । एपेन्डिसाइटिसको उपचार एक आपतकालीन चिकित्सा हो । यस्ता बिरामीले तत्काल उपचार पाएनन् भने रोगीको ज्यान नै जान सक्छ । त्यसैले यसको लागि प्राकृतिक उपचारमा भर पर्नु उपयुक्त हुँदैन । यद्यपि, असुविधाको परिस्थितिमा केही उपचार पद्धति काममा आउन पनि सक्छ । अदुवा, लसुन, मेथीको दाना, ताजा निम्बु, तुलसी, तरकारीको जुस, पानी आदिको प्रयोगले एपेन्डिसाइटिसलाई न्यूनीकरणमा भूमिका खेल्छ ।