NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते
बजार अनुगमन

यी हुन् चाडबाडको पूर्वसन्ध्यामा यातायात क्षेत्रमा देखिएका १५ बेथिति

काठमाडौं । बजारमा चाडपर्वको चहलपहल बढ्दै जाँदा सम्बन्धित निकायले बजार अनुगमन बढाएका छन् । अन्य समयभन्दा चाडपर्वमा उपभोक्ताहरू ठगीको शिकार बढी हुने गरेका छन् । यसैले, चाडपर्वमा हुने खाद्यन्न, यातायातदेखि हरेक क्षेत्रमा हुने अनियन्त्रित ठगी नियन्त्रण गर्न निकायहरू यस वेला अनुगमनमा तीव्रता दिने गर्छन् । यसै क्रममा उपभोक्ता हित संरक्षण मञ्चले सोमबार र मंगलबार टोलीसहित स्थलगत बजार अनुगमन गरेको थियो ।

दशैँमा घर जाने यात्रुले सार्वजनिक यातायातमा भोगेका समस्या र यातायातले गरिरहेको ठगीबारे मञ्चले अनुगमन गरेको हो ।

अनुमगनका क्रममा मञ्चले सवारी यातायातमा यात्रु ठगिएको जनाएको छ । यातायात व्यवसायीले दशैँ, तिहारका लागि घर जाने यात्रुसँग सरकारले ताकेकोभन्दा बढी पैसा असुल्ने गरेको पाइएको मञ्चका महासचिव विष्णु तिमिल्सिनाले बताए ।

साथै, पुराना गाडीले डिलक्स तथा फ्री वाइफाई, एसी, हिटर सुविधा नभएको गाडीमा समेत सुविधा भएको उल्लेख गरी ठगी गरिहेको उनको भनाइ छ ।

त्यस्तै, टिकट काटेका यात्रुलाई झुक्काएर सवारीमा नचढाइ जानेलगायतका गतिविधि भेटिएको थियो । मञ्चका महासचिव तिमिल्सिनाले अनुगमनमा देखिएका १५ बेथितिबारे सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साथै, उनले ठगी भएका र हुन नदिन यात्रुले अपनाउनुपर्ने साबधानीबारे पनि व्याख्या गरेका छन् ।

यस्ता छन् १५ बेथिति :

१. सरकारले तोकेको भाडादरका कुनै गाडीको टिकट बुकिङ भएको भेटिएन ।

२. यात्रुहरूबाट तोकिएको भाडाभन्दा २० देखि १०० प्रतिशतसम्म बढी भाडा असुलिरहेको पाइयो ।

३. पुराना, मापदण्ड नै नपुगेका, सिट भाँचिएका, सिसा फुटेका, लाइट बिग्रिएका तथा स्टार्ट गर्नसमेत धकेलीरहनु पर्ने गाडीले पनी डिलक्स, फ्री वाइफाई, एसी र हिटरको सुविधा लेखी यात्रुलाई झुक्याएर बढी भाडा असुलीरहेको देखियो ।

४. चार बजे छुट्ने भनी टिकटमा लेखिएको गाड़ी ८ बजे पनि नछुटी प्यासेज र क्याबिनमा कोच्याउने यात्रुको खोजी गरिरहेको भेटियो ।

५. टिकट नै नकाटी यात्रु चढाउने, मनपरी भाडा उठाउने र गाडीवालाले भनेको ठाउँमा बसी यात्रा गर्न बाध्य पार्ने ।

६. काटेका टिकटमा भाडादर र गाडी नम्बर उल्लेख नभएको पाइयो । साथै, टिकटमा टिकट काट्नेको फÞोन नम्बर, सम्पर्क ठेगाना आदि केही पनि नभएको पाइयो ।

७. टिकट भिडाएपछि काउण्टरवाला एजेन्ट र यात्रुको सम्पर्क नहुने, चालक र सहचालकले यात्रुको कुरा नसुन्ने ।

८. सोझा–साधा यात्रुलाई झुक्काएर गाडीमा नचढाएकाले उनीहरू अलपत्र परेको पाइयो ।

९. एउटै सिट दोहोरो काट्ने, यात्रुलाई टिकट हुन्छ भनी झुक्याउने पछि गाडी बिग्रियो, ड्राइभरले धोका दियो आदि बहाना बनाउने गरेको पाइयो । एउटा गाडी देखायर टिकट काट्ने विकल्प नहुदा अर्को कमसल गाडी यात्रा गर्न बाध्य पार्ने ।

१०. गुनासो गर्ने यात्रुलाई गाडीवालाले धम्क्याउने, गुण्डालगाएर कुटपिट गर्ने गरेको पाइयो । यसले गर्दा यात्रुले आफू असुरक्षित भएको महशुस गर्ने गरेका छन् ।

११ . यात्रु सहायता कक्षका प्रहरीलाई कारबाही गर्न मौखिक होइन बलियो लिखित प्रमाण चाहिने । सकभर अनादेख गर्ने, यात्रुलाई नै दोषी देख्ने, मिलेर यात्रा गर्न भनी उल्टो सुझाउने, गुनासो समाधान गर्न कोही तयार नहुने । प्रहरी र गाडीवाला कानेखुशीको दुश्य यात्रुले दृश्य देख्दा गुनासो गर्नु भनेको आफÞूले थप दुःख पाउनु पर्ने हो कि भन्ने डर यात्रुमा पैदा भएको पाइयो । कारबाहीको नाटकले यात्रुको यात्रामा अनुचित बिलम्ब हुने गरेकोसमेत देखियो ।

१२. लामो दूरी र रात्रिसेवाका लागि मापदण्ड विपरीतका गाडी सञ्चालन गरिहेको पाइयो ।

१३. अधिकांश गाडीको यान्त्रिक जाँच नगरिएकोे, जाँच गरिएकाको पनि सही रूपमा जाँच नगरिएको, गाडी र जाँच गर्नेको देखाभेट नभएको सहजÞै अनुमान गर्न सकिने ।

१४. ठगिने यात्रु ठगिएको–ठगिएइ । सरकार अनदेख गरेको गरेइ ।

१५. ट्राफिक नियमन सकभर वरपर मुठी बन्द, हदैको कारबाही निम्नतम हाँसीखुसी चिटमाथि चिट, ५ सयको चिट ५ हजार यात्रुबाट लुटने छुट भइरहेको ।

यात्रुले अपनाउनुपर्ने साबधानी र सुझाब

क. उपभोक्ताको आक्रोश–प्रभावकारी अनुगमन गर, नाङ्गो ठगी नियन्त्रण गरियोस् । उपभोक्ताले सुरक्षा, उपचार र क्षतिपूर्ति नपाउने नाम मात्रको यात्रु सहायता कक्ष र यात्रुलाई थप कष्ट पुर्याउने बेतुकको अनुगमन बन्द गरियोस् । यात्रु गन्तव्यमा पुग्नुअघि हरेक जिल्लाका प्रवेश नाकामा स्वस्छ र प्रभावकारी अनुगमन नियमनको व्यवस्था गरी ठग गाडी सञ्चालकलाई तत्काल निर्मम कारबाही र उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्था गरियोस् ।

ख. तथापि, यात्रुहरू सचेत बनाैं, प्रतिकार र उजुरी गर्न नछोडौं, यात्रुले यात्रामा भएको मर्का र ठगिएका प्रमाण सुरक्षित राखÞांै । तिनका विरुद्ध उपभोक्ताको न्यायका लागि हिसाब–किताब गरौला । मञ्चका सबै प्रदेश, जिल्ला र स्थानीय तहका उपभोक्ता अभियन्ता साथीहरूको निरन्तर क्रियाशीलता र खबरदारीको अपेक्षा गर्दछु ।