प्रचण्डको क्षेत्रको मतगणना सुरु

काठमाडौं । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो ।
अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उनले बताए ।
गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् ।
त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार छन् । अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया